पाठेघरको मुखको क्यान्सर रोकथामका लागि फागुन महिनाभर परीक्षण ...
मंसिर १८, २०८१ मंगलबार
दक्षिण अफ्रिकामा सत्तारूढ 'अफ्रिकन नेशनल कंग्रेस' (एएनसी) पार्टीले तीन दशक पुरानो पूर्ण बहुमत गुमाएको छ । राष्ट्रपति सिरिल रामाफोसाको दलले गएको बुधवार भएको मतदानको लगभग सबै मत गन्दा ४० प्रतिशत मात्र मत प्राप्त गरेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।
सन् २०१९ मा एएनसीले ५७ दशमलव ५ प्रतिशत मत प्राप्त गरी विजय हासिल गरेको थियो । सन् १९९४ मा दक्षिण अफ्रिकाको पहिलो प्रजातान्त्रिक चुनावमा नेल्सन मन्डेला राष्ट्रपति बनेपछि एएनसीले सधैँ ५० प्रतिशतभन्दा धेरै मत प्राप्त गर्दै आएको थियो । अब एएनसीले नयाँ सरकार गठनका लागि सहयोगीको खोजी गर्नुपर्ने खबरमा उल्लेख छ ।
स्वतन्त्र निर्वाचन आयोग (आईईसी) को तथ्याङ्कअनुसार लोकतान्त्रिक गठबन्धन (डीए) २१ दशमलव ७१ प्रतिशतका साथ दोस्रो स्थानमा रहेको छ । तेस्रो स्थानमा पूर्वराष्ट्रपति ज्याकोब जुमाको समर्थन रहेको उमखोन्तो वीसिज्वे (एमके) ले १२ दशमलव ६ प्रतिशत प्राप्त गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।