काठमाण्डौमा आज यो वर्षकै सबैभन्दा कम तापक्रम मापन
मंसिर १८, २०८१ मंगलबार
भारतको तमिलनाडु राज्यमा रेलको ठक्करबाट हात्तीलाई जोगाउन कृत्रिम बौद्धिकता अर्थात् 'आर्टिफिसियल इन्टेलिजेन्स' (एआई) मा आधारित निगरानी प्रणालीको प्रयोग शुरु भएको छ ।
रेल्वे लिकमा हुने दुर्घटनाबाट हात्ती मर्ने क्रम बढेपछि त्यसलाई रोक्न एआईको प्रयोग थालेको तामिलनाडु वन विभागकी सचिव सुप्रिया साहूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
सरकारको तथ्याङ्कअनुसार बितेको एक दशकमा मात्रै रेलको ठक्करबाट ३६ वटा हात्ती मारिएका छन् । धेरैजसो घटना जङ्गलसँग सीमावर्ती मधुकराई नजिकैका दुई वटा रेल्वे लिकमा हुने गरेका छन् ।
वन विभागले अहिले मधुकराईको दुई वटा रेल्वे लिक नजिकै १२ वटा टावर बनाएर एआईको प्रयोग गरिएका क्यामेरा राखेको छ । ती क्यामेराले हात्तीको आवतजावतको प्रत्यक्ष निगरानी गर्छन् । रेल्वे लिकको सय फिट नजिकै हात्ती देखियो भने एआईले वन र रेल्वेका अधिकारीहरूलाई सतर्कताको सूचना पठाउँछ । त्यसपछि उनीहरू रेलको गति सुस्त बनाउन एकअर्कासँग समन्वय गर्छन् । त्यसले हात्तीलाई रेलसँग ठोक्किनबाट जोगाउँछ । कर्मचारीहरूले प्रणालीको निरन्तर अनुमगन गर्छन् ।
यसअघि वनका अधिकारीहरूले रेल्वे नजिकै हात्तीको गतिविधि अनुगमनका लागि निरन्तर गस्ती गरे पनि दुर्घटनाबाट बचाउन सकेका थिएनन् । नयाँ प्रणाली लागू भएको केही महिनामै झन्डै चार सय पटक हात्ती रेल्वे लिक नजिकै आउन लागेको थाहा पाएर सम्भावित दुर्घटना हुनबाट जोगिएको सचिव साहुले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।