उद्योगमन्त्री भण्डारी र भारतीय समकक्षी गोयलबीच व्यापार सहजीकरणक...
मंसिर १८, २०८१ मंगलबार
आईसीसी टी–२० विश्वकप क्रिकेटको उपाधि विजेता टोलीले २४ लाख ५० हजार अमेरिकी डलर पुरस्कार पाउने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले टी–२० विश्वकपका लागि अहिलेसम्मकै धेरै पुरस्कार रकम घोषणा गरेको हो । विश्वकपको उपविजेता टोलीले १२ लाख २८ हजार अमेरिकी डलर पाउनेछ ।
प्रतियोगितामा सहभागी सबै २० टोलीले रकम पाउनेछन् । सहभागी टोली हरेकले २ लाख २५ हजार अमेरिकी डलर पाउनेछन् । त्यसअनुसार नेपालले पनि २ लाख २५ हजार डलर पाउनेछ । क्वार्टरफाइनल र सेमिफाइनल पुग्नेलाई पनि पुरस्कार घोषणा गरिएको छ ।
त्यस बाहेक अरु खेल जित्नेले जितेको प्रति खेल ३१ हजार एक सय ५४ अमेरिकी डलर पाउनेछन् । प्रतियोगिताको पुरस्कार वितरण फाइनल समारोह अर्थात् जुन २९ तारिख (असार १५) मा गरिनेछ । नवौँ संस्करणको टी–२० विश्वकप क्रिकेट अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।