गाजापट्टीमा रहेका ३३ जना इजरायली बन्धकहरू मारिएका हमासद्वारा...
मंसिर १८, २०८१ मंगलबार
आईसीसी टी–२० विश्वकप क्रिकेटमा अफगानिस्तान सुपर आठमा पुगेको छ । आज बिहान भएको खेलमा पपुवा न्यू गिनीलाई ७ विकेटले हराउँदै अफगानिस्तान सुपर आठमा पुगेको हो । टस हरेर पहिले ब्याटिङको निम्तो पाएको पपुवा न्यू गिनीले १९ ओभर ५ बलमा अलआउट हुनुअघि ९५ रनमात्र बनाउन सक्यो ।
अफगानिस्तानले भने १५ ओभर १ ओभरमा मात्र तीन विकेट गुमाएर १ सय १ रन बनाउँदै लक्ष्य पार गर्यो । अफगानिस्तान समूह ‘सी’ बाट सुपर आठमा पुगेको हो । यही समूहबाट यसअघि वेष्ट इन्डिज सुपर आठमा पुगिसकेको छ ।
समूह ‘सी’ तालिकामा तीन खेल खेलेको अफगानिस्तान ६ अङ्कसहित पहिलो र समान खेलबाट समान अङ्क बटुलेको वेष्ट इन्डिज दोस्रो स्थानमा छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।