गाजापट्टीमा रहेका ३३ जना इजरायली बन्धकहरू मारिएका हमासद्वारा...
मंसिर १८, २०८१ मंगलबार
बलिउड अभिनेता सलमान खान यतिबेला उनको नयाँ फिल्म ‘भारत’को छायाँकनमा व्यस्त छन् । हालै सलमान खान फिल्म ‘भारत’को छायाँकनको काम छोडेर पञ्जाबबाट अचानक मुम्बई फर्किएका थिए ।
सलमानलाई फिल्मको सेटमा काम गर्दागर्दै चोट लागेपछि अचानक मुम्बई फर्किएका खबरहरु पनि आएका थिए । तर सलमान खान अचानक मुम्बई फर्किनुमा उनको स्वास्थ्य नभई अरुनै कारण रहेको खुलासा भएको छ ।
सार्वजनिक खबरहरुका अनुसार सलमान खान र कट्रिना कैफलाई भारत र पाकिस्तानको सीमा वाघा बोर्डरमा एउटा दृश्यको छायाँकन गर्नु थियो । तर सुरक्षाका कारण उक्त दृश्य छायाँकन गर्न सम्भव भएन ।
तसर्थ सलमान खानको टिमले सीमा नजिकैको एक गाउँको पञ्चायतसँग कुराकानी गरेर सीमा नजिकै वाघा बोर्डरको सेटको निर्माण गरेको थियो । साथै सिनको छायाँकनको लागि त्यहाँ पर्ने पसल, जग्गा र घरहरुलाई समेत मुआब्जा दिइएको थियो ।
यति बेलासम्म सबै कुरा सहजै रुपमा चलिरहेको थियो । तर समस्या त्यसबेला शुरु भयो जुनबेला निर्माण गरिएको सेटको अर्को सीमातर्फ पाकिस्तानको झण्डा फहराउने कुरा आयो । त्यस पछि त्यहाँ विवाद सुरु भयो । गाउँको पञ्चायत पनि सलमान खानको टिमलाई पाकिस्तानी झण्डा लगाउन नदिने भन्दै अडान लिएर बस्यो ।
तर पनि फिल्म युनिटले छायाँकनको काम सुरु गर्न थालेपछि गाउँमा मानिसहरुले प्रहरीमा उजुरीसमेत गरेका थिए । साथै त्यहाँका बासिन्दाहरु मिलेर सलमान खान बस्ने होटल र फिल्मको सेटलाई घेराउ गरेका थिए ।
स्थानीयहरु कुनै पनि हालतमा त्यहाँ फिल्मको छायाँकन होस् भन्ने चाहँदैन थिए । अन्ततः फिल्म युनिटले हतार हतार छायाँकनको काम रद्द गरेर सलमान खानलाई त्यहाँबाट मुम्बई फर्काएको थियो ।
यस विषयमा सलमान खानको टिमको तर्फबाट अहिलेसम्म कुनै आधिकारिक बयान भने दिइएको छैन । तर खबरहरुका अनुसार अब ‘भारत’ को टिमले मुम्बईको कुनै स्टुडियोमै वाघा बोर्डरको सेटको निर्माण गरेर छायाँकन गर्ने बताइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।