काठमाण्डौमा आज यो वर्षकै सबैभन्दा कम तापक्रम मापन
मंसिर १८, २०८१ मंगलबार
काठमाण्डाै – अफगानिस्तान र श्रीलङ्कासँगको टेस्ट शृङ्खलाका लागि न्युजिल्यान्डको टोली घोषणा भएको छ । न्युजिल्यान्डले टिम साउदीसँगको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।
न्युजिल्यान्डको टोलीमा प्रमुख ब्याटरहरू डेभन कन्वे, ग्लेन फिलिप्स, रचिन रविन्द्र र केन विलियमसन छन् । यस्तै कप्तान साउदीसहित म्याट हेनरी, बेन सियर्स र विल ओरोर्के तीव्र गतिका बलरका रूपमा टोलीमा अटाएका छन् । यस्तै न्युजिल्यान्डको टोलीमा पाँच जना स्पिनरलाई मौका दिइएको छ । टोलीमा मिचेल स्यान्टर, अजाज पटेल, माइकल ब्रेसवेल स्पिनर तथा फिलिप्स र रविन्द्र पार्ट–टाइम बलरका रूपमा छन् ।
एशिया उपमहाद्वीपका खेलहरूमा स्पिनले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएकाले न्युजिल्यान्डका प्रशिक्षक ग्यारी स्टेडले साउदी र अन्य तीव्र गतिका बलरलाई कम प्रयोग गर्ने बताएका छन् ।
न्युजिल्यान्ड र अफगानिस्तानबीचको एक मात्र टेस्ट क्रिकेट आउँदो सेप्टेम्बर ९ देखि भारतको नोयडामा शुरू हुनेछ । यस्तै श्रीलङ्कासँगको दुई खेलको टेस्ट शृङ्खला सेप्टेम्बर १८ तारिखदेखि गलेमा शुरू हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।