सुनको भाउ तोलामा ४ सय रुपैयाँले घट्यो
मंसिर १६, २०८१ आइतबार
काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भ्रष्टाचारसम्बन्धी कानूनमा हदम्याद राख्ने कुरा सह्य नहुने बताएको छ । सिंहदरबारमा रहेको संसदीय दलको कार्यालयमा आज बसेको बैठकले कुनै पनि हालतमा भ्रष्टाचारको मुद्दामा हदम्याद मान्य नहुने निष्कर्ष निकालेको हो ।
बैठकमा भ्रष्टाचारसम्बन्धी कानून बनिरहेको र त्यसमा हदम्याद राख्ने कुरा राजनीतिक दलहरूले गरिरहेको भन्दै रास्वपालाई स्वीकार्य नहुने पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बताउनुभयो । उहाँले भ्रष्टाचारको मुद्दामा कुनै पनि बेला भ्रष्टाचारको आशङ्का भए मुद्दा चलाउनुपर्ने र निश्चित समय राखेर विगतमा गरेका भ्रष्टाचारजन्य काम कारबाहीबाट उन्मुक्ति पाउने बाटोमा जाने गरी राजनीतिक दलहरूले गम्भीर त्रुटि गरिरहेको बताउनुभयो । पार्टीले संसदमा पनि यसबारेमा आफ्ना धारणा राख्ने उहाँकाे भनाइ छ ।
प्रमुख सचेतक परियारले बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीले जलनसम्बन्धी गैरसरकारी विधेयक संसदमा आज नै दर्ता गर्ने गरी छलफल भइरहेको बताउनुभयो ।
भ्रष्टाचार गरेको पाँच वर्षपछि मुद्दा चल्ने कि नचल्ने भन्ने विषयमा दलहरूबीच अहिले मतभेद छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी लगायतले जतिसुकै पुराना भ्रष्टाचारका मुद्दा भए पनि हदम्याद लागू गर्न नहुने अडान लिएका छन् । नेकपा एमालेका केही सांसद भने पाँच वर्षे हदम्यादको पक्षमा तर्क गरिरहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।