कतारमा शुरु हुने युद्धविराम वार्तामा भाग नलिने हमासको घोषणा

 साउन ३१, २०८१ बिहीबार १५:३२:२५ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

प्यालेस्टाइनको विद्रोही समूह हमासले आजदेखि कतारमा शुरु हुने युद्धविराम वार्तामा भाग नलिने भएको छ । गाजामा इजरायलले नरसंहार मच्याइरहेको र यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रस्ताव गरेका विषयमा छलफल हुने सम्भावना कम देखेपछि हमासले वार्तामा सहभागि नहुने निर्णय गरेको हो ।

हमासको राजनीतिक ब्यूरोका सदस्य सुहेल हिन्दीले एक पत्रकार सम्मेलन गरेर इजरायलले निर्दोष नागरिक मारिरहेको अहिलेको अवस्थामा वार्तामा बस्न नसकिने बताएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । हमासले गएको जुलाई २ मा भएको सम्झौताको पालना गर्न इजरायलबाट स्पष्ट प्रतिबद्धता खोजेको थियो, जुन अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रस्तावमा आधारित थियो ।

जुन २ तारिखको सहमति कार्यान्वयनमा इजरायल सहमत भए मात्रै वार्तामा बस्न सकिने बताइएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा युद्धविरामबारे छलफल गर्न कतारमा वार्ता प्रतिनिधिमण्डल पठाउन स्वीकृति दिएपछि आज दोहामा वार्ता हुँदैछ ।

आजको वार्ताको उद्देश्य गाजामा रहेका समस्याहरूको समाधान गर्नु र मानवीय अवस्थालाई सम्बोधन गर्नु हो । तर हमासका प्रतिनिधि नै उपस्थित नहुने भएपछि आजको वार्ताले कुनै पनि सहमति गर्ने सम्भावना कम रहेको छ । 

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया