माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग बेलायतका राजदूतकाे भेट

 साउन ३२, २०८१ शुक्रबार १५:३:५१ | रासस
unn.prixa.net

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि बेलायतका राजदूत रोब फेनले भेट गर्नुभएको छ ।

ललितपुरको खुमलटारमा रहेको प्रचण्ड निवासमा बिहान भएको भेटमा अध्यक्ष प्रचण्डले प्रतिनिधिसभाले पीडितमैत्री न्यायमा जोड दिँदै सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गरेको राजदूत फेनलाई जानकारी गराउनुभयो । साथै प्रचण्डले पीडितमैत्री न्याय र सम्मानका लागि आवश्यक सहयोगमा बेलायत सरकारको साथ रहने विश्वास पनि व्यक्त गर्नुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक निष्कर्षमा पुग्दा त्यसले विश्व शान्तिका लागि योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

राजदूत फेनले नेपालले शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक टुङ्गोमा पुर्‍याउन लागेकामा खुशी व्यक्त गर्दै शान्ति प्रकियाको पूर्णताका लागि बेलायत सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउनुभयो । उहाँले बेलायती नागरिकमा नेपाली उत्पादनप्रति रुचि बढेको जनाउँदै पारस्परिक सहयोग र व्यापारमा साझेदारी बढाउन सकिने बताउनुभयो ।

राजदूत फेनसँगको कुराकानीमा अध्यक्ष प्रचण्डले भूतपूर्व गोर्खा सैनिकले उठाउँदै आएका सवालहरू बेलायत सरकारबाट सम्बोधन हुने विश्वास पनि व्यक्त गर्नुभयो ।

अन्तिम अपडेट: मंसिर १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया