पालिका उपचुनाव : कहाँ–कहाँ भइरहेको छ मतदान ?
मंसिर १६, २०८१ आइतबार
प्यालेस्टाइनको लडाकु समूह हमासले कतारको दोहामा भएको वार्तामा इजरायलको प्रस्तावलाई अस्वीकार गरेको छ । इजरायलले गाजा युद्धमा हमाससमक्ष युद्धविराम र बन्धकलाई रिहाइ गर्ने नयाँ सर्त अगाडि सारेको थियो । इजरायलले गाजाभित्र र इजिप्टसँगको सिमानामा सैनिक राख्न पाउनुपर्ने प्रस्ताव पनि राखेको थियो । तर सहमति जुट्न नसकेको समाचार संस्था एएफपीले जनाएको छ ।
वार्ताअघि हमासको राजनीतिक ब्यूरोका सदस्य सुहेल हिन्दीले इजरायलले निर्दोष नागरिक मारिरहेको आरोपसहित अहिलेको अवस्थामा वार्तामा बस्न नसकिने समेत बताएका थिए । गएको अक्टोबर ७ तारिखमा शुरु भएको आक्रमणमा हमास लडाकूले दुई सय ५१ जनालाई कब्जा गरेका थिए । यसमध्ये एक सय ११ जना अझै गाजामा बन्दी बनाइएका छन् भने ३९ जना मारिएका दाबी गरिएको छ ।
यसअघि राष्ट्रसङ्घले गाजापट्टीमा बालबालिकालाई पोलियो विरुद्धको खोप लगाउन अस्थायी युद्धविरामको आह्वान गरेको थियो । डब्लुएचओ र युनिसेफले गाजापट्टीमा पोलियो भाइरसविरुद्ध दुई चरणको खोप अभियानको योजना बनाएका छन् । त्यसका लागि अस्थायी युद्धविराम आवश्यक रहेको राष्ट्रसङ्घले जनाएको छ ।
गएको जुन २३ तारिखमा गाजामा सङ्कलन गरिएका नमुनामा पोलियो भाइरस पत्ता लागेको थियो । गाजापट्टी विगत २५ वर्षदेखि पोलियो मुक्त रहेको थियो । पोलियो भाइरस सङ्क्रामक रोग हो । यसले मुख्यगरी ५ वर्षमूनीका बालबालिकालाई असर गर्ने र पक्षाघात निम्त्याउने हुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।