लुम्बिनी प्रदेश सरकारले अझै पूर्णता पाउन सकेन : तीन जना मन्त्री नियुक्त हुन बाँकी

 भदौ १, २०८१ शनिबार १२:३:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – लुम्बिनी प्रदेशमा नयाँ सरकार गठन भएको तीन हप्ता बितिसक्दा पनि पूर्णता पाउन सकेको छैन । एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यको नेतृत्वमा गएको साउन ९ गते नयाँ सरकार गठन भएको थियो । अहिले लुम्बिनी प्रदेश सरकारमा कांग्रेसबाट चार तथा एमालेबाट चार गरी आठ जना मन्त्री छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित कूल १२ मन्त्रालय रहेको लुम्बिनी प्रदेशमा तीन जना मन्त्री नियुक्त हुन बाँकी नै छ । सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय रिक्त छन् ।

मुख्यमन्त्री आचार्य सरकारलाई पूर्णता दिने विषयमा कांग्रेस र अरू चार दलसँग निरन्तर छलफलमा हुनुहुन्छ । सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले तीन जना मन्त्री छिट्टै नियुक्त गरेर सरकारलाई पूर्णता दिने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार बाँकी रहेका तीन मन्त्रालयमध्ये एउटा कांग्रेसलाई र दुई मन्त्रालय सरकारको समर्थनमा रहेका साना दललाई दिने तयारी छ ।

कांग्रेसका लागि सामाजिक विकास मन्त्रालय दिने तयारी छ । अहिले सरकारमा चार मन्त्रालयसहित सहभागी भएको कांग्रेसको भागमा पाँच मन्त्रालय परेका थिए । 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया