'एक्स' ले ब्राजिलमा आफ्नो सेवा र कार्यालय बन्द गर्‍याे

 भदौ २, २०८१ आइतबार १५:१६:१९ | एजेन्सी
unn.prixa.net

सामाजिक सञ्जाल 'एक्स' ले ब्राजिलमा आफ्नो कार्यालय र सेवा बन्द गरेको छ । ब्राजिलका न्यायाधीश एलेक्जेन्डर डे मोरासको सेन्सरशिप आदेशका कारण ब्राजिलमा आफ्नो कार्यालय र सेवा बन्द गरेको एक्सका प्रमुख तथा विश्वकै धनी व्यक्ति एलन मस्कले बताउनुभएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

ब्राजिलका न्यायाधीश मोरासले एक्सका कानूनी प्रतिनिधि राहेल नोभा कन्सेकाओलाई एक्समा भएका केही सामग्री हटाउन आदेश दिँदै नहटाएमा पक्राउ गर्ने धम्की दिनुभएको थियो । एक्सले न्यायाधीश मोरासले हस्ताक्षर गरेको दस्तावेजको तस्बिर पनि प्रकाशित गरेको छ । जसमा नयायाधीशले आफ्नो आदेशको पालना नगरेमा दैनिक ३६ सय ५३ डलर जरिबाना र पक्राउको आदेश दिने धम्की दिएको पाइन्छ ।

‘हाम्रो कर्मचारीहरूको सुरक्षाको रक्षा गर्न, ब्राजिलमा हाम्रो अपरेशन बन्द गर्ने निर्णय गरेका छौँ’, एक्सले लेखेको छ । न्यायाधीशको धम्कीबारे ब्राजिलको सर्वोच्च अदालतले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

यस वर्षको शुरूमा न्यायाधीश मोरासले पूर्वराष्ट्रपति जायर बोल्सोनारो सरकारको समयमा नक्कली समाचार र घृणाका सन्देश फैलाएको आरोपमा केही अकाउन्ट बन्द गर्न आदेश दिएपछि विवाद शुरू भएको हो । तर एक्सका मालिक मस्कले भने ब्राजिलका न्यायाधीशको आदेशलाई चुनौती दिँदै उल्टै पुराना केही अकाउन्टमाथिको प्रतिबन्ध हटाउनुभएको थियो ।

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया