गर्भाधानअघि पुरुषले जाँड–रक्सी खाएमा पनि शिशुमा नकारात्मक असर पर्ने अध्ययनको निष्कर्ष

 भदौ ३, २०८१ सोमबार १२:४३:३९ | एजेन्सी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

गर्भाधानअघि पुरुषले जाँड–रक्सी खाएमा शिशुमा नकारात्मक असर पर्ने अध्ययनबाट देखिएको छ । यसअघि गर्भवती महिलाले जाँड–रक्सी खाएमा शिशुमा पर्ने असरबारे चर्चा हुने गरेकोमा वैज्ञानिकहरूले गरेको अध्ययनले गर्भाधानअघि पुरुषले जाँड–रक्सी खाएमा पनि शिशुमा नकारात्मक असर पर्ने देखाएको हो ।

वैज्ञानिकहरूले गर्भाधान गर्नुभन्दा तीन महिना अघिदेखि दैनिक ५० एमएल रक्सी पिउने र कति पनि रक्सी नपिउने पुरुषका सन्तानबीच तुलना गरेका हुन् । ती शिशुका आमाहरूले भने कति पनि रक्सी पिउँदैन थिए । वैज्ञानिकहरूको अध्ययनमा रक्सी पिउने पिताका सन्तानमा तालु चिरिने, जन्मजात मुटु र पाचनसम्बन्धी समस्या बढी देखिएको छ ।

त्यस्तै रक्सी पिउने पिताका सन्तानमा व्यवहारजन्य, संज्ञानात्मक, सिकाइसम्बन्धी र ढिलो बोल्नेजस्तो समस्या पनि देखिएको अध्ययनमा संलग्न वैज्ञानिकहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

वैज्ञानिकहरूले सन् २०२१ मा चीनमा पाँच लाख जोडीका सन्तानको अध्ययन गरेका थिए । जसमा रक्सी नपिउने पुरुषको तुलनामा पिउने पुरुषका सन्तानमा देखिएका समस्या साढे एक प्रतिशतले बढी थियो ।

यस्तै मानिसमा रक्सी पिएको वा नपिएको यकिन गर्न कठिन भए पनि यही वर्ष वैज्ञानिकहरूले मुसामा परीक्षण गरेका थिए । जसमा रक्सी खाएका भालेका सन्तानको अनुहारको रूपरेखा बिग्रनेदेखि हिँडडुल गर्न नमान्ने, धेरै लड्ने, सिक्न समय लगाउने जस्ता समस्या बढी देखिएको प्रतिवेदनमा उल्लेख छ ।

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया