जर्मनीमा एक व्यक्तिले अन्धाधुन्ध छुरा प्रहार गर्दा ३ जनाको ज्यान गयो

 भदौ ८, २०८१ शनिबार १५:१५:२० | एजेन्सी
unn.prixa.net

एजेन्सी

जर्मनीमा एक व्यक्तिले अन्धाधुन्ध छुरा प्रहार गर्दा तीन जनाको ज्यान गएको छ । चार जना गम्भीर घाइते भएका छन् । पश्चिमी जर्मनीको औद्योगिक शहर सोलिन्जेन स्थापना भएको छ सय ५० वर्ष पूरा भएको अवसरमा आयोजित उत्सवमा आक्रमण भएको थियो । आक्रमणकारी अझै फरार छन् ।

बिल्ड वेबसाइटका अनुसार एक जना मानिसले बाटोमा हिँड्नेलाई अन्धाधुन्ध तरिकाले छुरा प्रहार गरेका थिए । प्रहरीले आक्रमणकारीलाई खोज्नको लागि व्यापक जनशक्ति परिचालन गरेको छ । प्रहरीले ४० वटा सामरिक गाडी प्रयोग गरेर संदिग्धको खोजी गरिरहेको बीबीसीले जनाएको छ ।

आक्रमणकारी रहेको शङ्कामा प्रहरीले फ्रोनहोफ बजारलाई घेरा हालेको छ । अधिकारीले सर्वसाधारणलाई घर छाडेर भाग्न आग्रह गरेका छन् । सडक अवरुद्ध भएको छ । सोलिन्जेनका मेयर टिम कुर्जबाचले आफूहरु ठूलो आतङ्क र दुःखमा रहेको बताउनुभएको छ । सबै मिलेर शहरको वार्षिकोत्सव मनाउनुपर्नेमा अहिले शोक मनाउनुपर्ने अवस्था आएको उहाँले बताउनुभएको छ ।

तीन दिनसम्म उत्सव मनाउने तयारी थियो र हरेक रात २५ हजार जनाले महोत्सवमा भाग लिने अपेक्षा थियो । छुरा आक्रमणपछि सबै कार्यक्रम स्थगित भएका छन् । 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया