पालिका उपचुनाव : कहाँ–कहाँ भइरहेको छ मतदान ?
मंसिर १६, २०८१ आइतबार
इथियोपियाले गएको शुक्रवार एकैदिन ६० करोड वटाभन्दा धेरै बिरुवा रोपेर रेकर्ड बनाएको छ । गत वर्ष इथियोपियाले एकैदिन ५६ करोड वटा बिरुवा रोपेर रेकर्ड बनाएकोमा अहिले आफ्नै रेकर्ड तोडेको हो । रुख रोप्ने देशव्यापी अभियानअन्तर्गत गएको शुक्रवार १२ घन्टामै ६० करोड १५ लाख वटा बिरुवा रोपिएको इथियोपियाका प्रधानमन्त्री डाक्टर अवि अहमदले बताउनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
बिरुवा रोप्न बालबालिकादेखि वृद्धवृद्धासम्मले देखाएको उत्साहलाई उहाँले धन्यवाद पनि दिनुभएको छ । ‘जुन देशले बिरुवा रोप्छ, त्यसले अर्को पुस्ता दीगो बनाउँछ’ भन्ने नाराकासाथ इथियोपियाले हरित अभियान चलाइरहेको छ । यो वर्षाको मौसममा इथियोपियाले दुई लाख हेक्टर जमिनमा सात अर्ब ५० करोड वटा बिरुवा रोप्ने लक्ष्य राखेको छ ।
कृषि मन्त्रालयले जैविक विविधतालाई बढावा दिँदै माटो र पानीको संरक्षण बढाउने दोहोरो लक्ष्यका साथ आ–आफ्नो क्षेत्रको पारिस्थितिक अवस्थासँग मेल खाने गरी बिरुवा छनोट गरेको जनाएको छ । देशभरका एक लाख २० हजार वटाभन्दा धेरै नर्सरीले बिरुवा तयार पारेका छन्, जसमध्ये ५६ प्रतिशत खाद्य र फलफूलका प्रजाति र बाँकी वन विकास र वातावरणीय संरक्षणमा आधारित छन् ।
सन् २०१९ मा इथियोपिया सरकारले ५० अर्ब वटा बिरुवा रोप्ने लक्ष्यसहित हरित अभियान शुरु गरेकोमा यो वर्षसम्म ४० अर्ब वटा पुग्ने जनाएको छ । झन्डै १३ करोड जना जनसङ्ख्या रहेको इथियोपियाले बाढी, माटोको कटान, वन विनाश र जैविक विविधताको क्षति लगायतका जलवायु परिवर्तनका चुनौतीको सामना गर्नुपरेको छ । यसलाई कम गर्न बिरुवा रोप्ने राष्ट्रिय अभियान चलिरहेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।