सन्दीप र ललित अस्ट्रेलियाको 'बिग बाश लिग' को ड्राफ्टमा

 भदौ १२, २०८१ बुधबार १५:३४:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अस्ट्रेलियाको 'बिग बाश लिग' (बीबीएल) टी–२० क्रिकेटको ड्राफ्टमा नेपालका दुई जना खेलाडी परेका छन् । १४ औं संस्करणको बीबीएलमा नेपालबाट स्पिनर सन्दीप लामिछाने र ललित राजवंशी ड्राफ्टको सूचीमा परेका हुन् ।

आउँदो सेप्टेम्बर १ मा हुने अक्शनका लागि ४ सय ३२ जना खेलाडीको ड्राफ्ट सूचीमा सन्दीप र ललित पनि परेका हुन् । प्रतियोगिता डिसेम्बर १५ देखि शुरू हुनेछ ।

सन्दीपले बीबीएलको ३ वटा संस्करणमा खेलिसकेका छन् । उनले दुई वटा संस्करणमा मेलबन स्टार्सबाट र एउटा संस्करणमा होबर्ट हरिकेन्सबाट खेलेका छन् ।

बीबीएलमा खेलाडीलाई चार वटा तहमा छुट्याइन्छ । प्लाटिनममा पर्नेले ४ लाख २० हजार डलरसम्म पारिश्रमिक पाउँछन् । यस्तै गोल्डमा पर्नेले ३ लाख, सिल्भरमा पर्नेले २ लाख र ब्रोन्जमा पर्नेले १ लाख डलरसम्म पारिश्रमिक पाउँछन् ।

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया