सुनको भाउ तोलामा ४ सय रुपैयाँले घट्यो
मंसिर १६, २०८१ आइतबार
स्वदेश फर्कने आशामा यसअघि पोल्यान्डकाे शैक्षिक कक्षाहरूमा सामेल नभएका युक्रेनी बालबालिकाहरूलाई अर्को हप्तादेखि पोल्यान्डका विद्यालयमा भर्ना गरिने भएको छ । नयाँ भर्ना हुने विद्यार्थीहरूमा कतिपय दुई वर्षदेखि विद्यालय गएका छैनन् । कतिपयले पहिलो पटक विद्यालय भर्ना हुन लागेका हुन् ।
पोल्यान्डमा शरणार्थी परिवारका लागि शिक्षा अनिवार्य गरिएको नयाँ कानून लागू हुने भएपछि यसअघि विद्यालय नगई बसेका झन्डै ८० हजार जना विद्यार्थी भर्ना हुने अपेक्षा गरेको पोल्यान्डका अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ ।
सन् २०२२ मा रुसी आक्रमणको शुरुआतमै युक्रेन छोडेकी १२ वर्षीया नादियाकी आमा मेरिना रूडले पोल्यान्डमा विद्यालयहरूमा युक्रेनी उच्चरण सुनेर हाँस्ने भएकाले छोरीलाई विद्यालय पठाउन नसकेको बताउनुभएको एएफपीले जनाएको छ ।
सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण शुरू गरेको केही हप्तापछि पोल्यान्डले शरणार्थीहरूलाई आश्रय दिन आफ्नो सीमा खुला गरेको थियो । अहिले झन्डै एक लाख ३४ हजार जना बालबालिका पोल्यान्डमा विद्यालयमा पढ्ने र झन्डै ८० हजार जना विद्यालयबाहिर रहेका पोल्यान्डकाे अनुमान छ । धेरै युक्रेनीहरू घर फर्कने आशामा रहेका पनि एएफपीको खबरमा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।