महिला राष्ट्रिय भलिबल टोलीलाई नगद पुरस्कारसहित सम्मान

 भदौ १३, २०८१ बिहीबार १३:७:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ  – प्रधानमन्त्री केपी शर्मा ओलीले काभा महिला भलिबल लिगमा रजत पदक जितेका नेपाली महिला राष्ट्रिय भलिबल टोलीलाई नगद पुरस्कारसहित सम्मान गर्नुभएको छ ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले राष्ट्रिय टोलीका १४ जना खेलाडीलाई जनही ३ लाख रुपैयाँसहित सम्मान गर्नुभएको हो । यसैगरी मुख्य प्रशिक्षक जगदीश भट्टलाई २ लाख तथा सहायक प्रशिक्षक भरत यादव, व्यवस्थापक निलम सिंह बज्राचार्य र फिजियो लोकेन्द्र कुँवरलाई जनही १ लाख २० हजार रुपैयाँ प्रदान गरिएको छ ।

सम्मानपछि प्रधानमन्त्री ओलीले सुविधा कम हुँदा पनि खेलाडीले दिलाएका सफलताका लागि टोलीलाई धन्यवादसँगै बधाई दिनुभयो । दक्षिण एशिया र योभन्दा माथिल्लो स्तरमा पुग्नलाई सुविधा थप गर्नुपर्ने, भौतिक पूर्वाधार निर्माणमा जोड दिनुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यसका लागि आफ्नो ध्यान पुगेको भन्दै अर्थतन्त्र अहिले अप्ठ्यारो अवस्थामा रहे पनि भलिबल विकासका लागि अधिकतम कोशिश गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

भलिबल प्रशिक्षणका लागि प्रशिक्षण हलसम्म नभएको विषयप्रति आफू जानकार रहेको उहाँँको भनाइ छ ।

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया