पेरिस पारा ओलम्पिकमा नेपालका भरत जापानका खेलाडीसँग पराजित

 भदौ १३, २०८१ बिहीबार १८:३०:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पेरिस पारा ओलम्पिकमा नेपालका तेक्वान्दो खेलाडी भरतसिंह महता जापानका खेलाडीसँग पराजित भएका छन् ।

पेरिसको ग्रान्ड पेलेसमा आज भएको तेक्वान्दोको के–४४ क्याटगोरीको पुरुष ५८ केजीमुनिको प्रतिस्पर्धामा भरत पराजित भएका हुन् । राउन्ड अफ १६ को खेलमा पाँचौं विश्व वरीयताका जापानका मित्सुया तानाकाले भरतलाई १९–३ ले पराजित गरे । भरत विश्व वरीयताको ५७ औं स्थानमा छन् । हारसँगै भरत प्रतियोगिताबाट बाहिरिएका छन् ।

तेक्वान्दोमै पदकको आशा गरिएकी पलेशा गोबर्धनले के–४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनि तौल समूहमा भोलि प्रतिस्पर्धा गर्नेछिन् । भरत र पलेशासहित पारा ओलम्पिकमा नेपालबाट तीन जना खेलाडी सहभागी छन् । पौडीका भीमबहादुर कुमालले आउँदो सोमवार एस ९ क्याटगोरीको पुरुष ५० मिटर फ्रिस्टायलमा सहभागिता जनाउने छन् ।

भरत र भीम वाइल्ड कार्डमार्फत पारा ओलम्पिकका लागि छनोट भएका हुन् । पलेशाले भने छनोट चरण पार गर्दैै पेरिस यात्रा पक्का गरेकी थिइन् ।

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया