पालिका उपचुनाव : कहाँ–कहाँ भइरहेको छ मतदान ?
मंसिर १६, २०८१ आइतबार
ब्राजिलमा सामाजिक सञ्जाल 'एक्स' माथि प्रतिबन्ध गरिएको छ । ब्राजिलको सर्वोच्च अदालतको फैसलापछि पछिल्लो कदम चालिएको हो । यसअघि दिएको २४ घण्टे अवधिमा एक्सले ब्राजिलमा आफ्नो कानुनी प्रतिनिधि नियुक्त गर्न असफल भयो । अदालतका सबै आदेश पूरा नगरेसम्म र जरिवाना नतिरेसम्म एक्सलाई ‘तत्काल र पूर्णरूपमा प्रतिबन्ध’ गर्न न्यायाधीश अलेक्जान्डर डे मोरेसले आदेश दिनुभएको हो ।
अस्ति बिहीवार सर्वोच्च अदालतका न्यायाधीश मोरेसले एलन मस्कलाई २४ घण्टाभित्र आफ्नो सामाजिक सञ्जाल ‘एक्स’ को तर्फबाट कानूनी प्रतिनिधि नियुक्त गर्न आदेश दिनुभएको थियो । तोकिएको अवधिमा कानून व्यवसायी नियुक्त नगरेमा देशव्यापी रूपमा प्रतिबन्ध लगाउने चेतावनीसमेत दिनुभएको थियो ।
यस वर्षको शुरूमा ब्राजिलको सर्वोच्च अदालतका न्यायाधीश मोरेसले 'एक्स' का विभिन्न खाताबाट दुष्प्रचार फैलाएको आरोप लगाउँदै केही खाता बन्द गर्न आदेश दिएपछि विवाद शुरू भएको हो । तर 'एक्स' का प्रमुख मस्कले ब्राजिलका न्यायाधीशको आदेशलाई चुनौती दिँदै पुराना केही खातामाथिको प्रतिबन्ध हटाउनुभएको थियो । पछिल्लो कदमले मस्क र ब्राजिलको सर्वोच्च अदालतका न्यायाधीशबीच अभिव्यक्ति स्वतन्त्रता, तथा गलत सूचनाको विषयलाई थप बढाउने देखिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।