मङ्गोलिया १० रनमै अल–आउट, टी–२० क्रिकेटमा कम स्कोरको रेकर्ड बराबरी

 भदौ २०, २०८१ बिहीबार १५:८:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – सिङ्गापुरसँगको खेलमा १० रनमा अल–आउट हुँदै मङ्गोलियाले पुरुष टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कम स्कोरको रेकर्ड बराबरी गरेको छ ।

आईसीसी पुरुष टी–२० विश्वकप एशिया छनोट 'ए' अन्तर्गत मलेसियाको बाङ्गीमा भएको खेलमा मङ्गोलिया १० ओभरमा १० रन बनाउँदा अल–आउट भएको हो । यसअघि सन् २०२३ मा स्पेनसँगको खेलमा आइल अफ म्यान १० रनमै अल–आउट हुँदा रेकर्ड बनेको थियो ।

मङ्गोलियाका दुई जना खेलाडीले सबैभन्दा धेरै समान २ रन बनाए भने पाँच जना खेलाडीले १ रन पनि जोड्न सकेनन् । मङ्गोलियालाई कम स्कोरमा रोक्न सिङ्गापुरका हर्ष भारद्वाजले ४ ओभरमा २ मेडन राख्दै ३ रन दिएर ६ विकेट लिए । यो पुरुष टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो उत्कृष्ट बलिङ प्रदर्शन हो । उत्कृष्ट बलिङको पहिलो नम्बरमा रहेका मलेसियाका स्याजरुल इद्रुसले ४ ओभरमा १ मेडन राख्दै ८ रन दिएर ७ विकेट लिएका छन् ।

मङ्गोलियाले दिएको ११ रनको सामान्य लक्ष्य सिङ्गापुरले १ विकेट गुमाएर ५ बलमा भेटायो ।

अन्तिम अपडेट: मंसिर १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया