विश्वकप क्रिकेट लिग–२ खेल्न क्यानडा जाने नेपाली टोलीको बिदाइ

 भदौ २५, २०८१ मंगलबार १५:३:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : क्यान

काठमाण्डाै – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खला खेल्न क्यानडा जाने नेपाली टोलीको बिदाइ भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज एक कार्यक्रमका बीच नेपाली टोलीको बिदाइ गरेको हो ।

नेपाली टोली आज राति क्यानडा जाँदैछ । क्यानडा भ्रमणका लागि रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय नेपाली टोली घोषणा भइसकेको छ ।

क्यानडामा नेपालले भदौ ३१ गते र असोज ६ गते घरेलु टोलीसँग खेल्नेछ । यस्तै नेपालले असोज २ गते र असोज ८ गते ओमानसँग खेल्नेछ । यो शृङ्खलापछि क्यानडा, नेपाल र ओमानबीच टी–२० अन्तर्राष्ट्रिय शृङ्खला पनि हुनेछ । टी–२० शृङ्खलामा नेपालले असोज १२ गते र असोज १५ गते क्यानडासँग तथा असोज १३ र असोज १६ गते ओमानसँग खेल्नेछ ।

यसपछि नेपालले आउँदो अक्टोबरमा अमेरिकामा हुने आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खला खेल्नेछ । यो शृङ्खलामा घरेलु टोली अमेरिकासँगै नेपाल र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । यो शृङ्खलापछि अमेरिका, नेपाल र स्कटल्यान्डबीच टी–२० अन्तर्राष्ट्रिय शृङ्खला पनि हुनेछ ।

अन्तिम अपडेट: मंसिर १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया