सत्तारूढ दलहरूले उपसभामुख रानालाई राजीनामा दिन आग्रह गर्ने

 भदौ २५, २०८१ मंगलबार १५:०:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सत्तापक्षका दलहरूले उपसभामुख इन्दिरा रानामगरलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गर्ने भएका छन् ।

हिजो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ दलहरूको बैठकले उपसभामुखले पदीय आचरण विपरीत काम गरेको भन्दै राजीनामा दिन आग्रह गर्ने निर्णय गरेको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख रानाले राजीनामा नदिए कानूनअनुसार हटाउने तयारीमा लाग्न पनि दलका प्रमुख सचेतकहरूलाई निर्देशन दिनुभएको स्रोतले जनाएको छ ।

संसद्को दुईतिहाइ मतले उपसभामुख हटाउन सक्ने व्यवस्था छ । प्रधानन्यायाधीश, न्यायाधीशलगायतका विभिन्न संवैधानिक निकायका महत्त्वपूर्ण पदमा नियुक्तिका लागि उपसभामुख राना बाधक बन्न सक्ने निष्कर्षसहित प्रधानमन्त्री ओलीकै जोडबलमा उपसभामुख रानालाई राजीनामाको आग्रह गर्ने तयारी भएको एक जना नेताले बताएका छन् । उपसभामुख पनि संवैधानिक परिषद्को सदस्य रहने भएकाले अहिले परिषद्मा सत्तापक्ष कमजोर अवस्थामा छ ।

उपसभामुख रानाले पदको दुरुपयोग गरेर पाँच जनालाई अमेरिकामा लग्ने गरी पत्र लेखेको सार्वजनिक भएको थियो ।

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया