लुम्बिनी प्रदेशका मन्त्री बादशाह कुर्मीद्वारा राजीनामा

 भदौ २६, २०८१ बुधबार ६:५:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले पदबाट राजीनामा दिनुभएको छ । उहाँले हिजो मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष राजीनामा दिनुभएको हो । कुर्मीलाई बाँकेकी निर्मलादेवी कुर्मीको शङ्कास्पद मृत्यु र सम्पत्ति हिनामिना प्रकरणका आरोप लाग्दै आएको छ ।

मन्त्री भएपछि कुर्मीको बारेमा चौतर्फी विरोध भएको थियो । कुर्मीविरुद्ध कर्तव्य ज्यान मुद्दा र ठगीमा अनुसन्धान चलिरहेको छ । कुर्मीलाई निर्मलादेवीको अपहरण र बेपत्ता पार्ने कार्यमा संलग्न रहेको आरोप छ । मन्त्री कुर्मीलाई बर्खास्त गर्न महिला अधिकार मञ्च बाँकेसहित विभिन्न सङ्घ–संस्थाले धर्ना र दबाब दिँदै आएका थिए ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया