भेनेजुएलाको प्रहरीद्वारा तीन जना अमेरिकीसहित ७ जना नागरिक पक्राउ

 भदौ ३०, २०८१ आइतबार १५:२७:४३ | एजेन्सी
unn.prixa.net

एजेन्सी

भेनेजुएलाको प्रहरीले तीन जना अमेरिकीसहित सात जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीन जना अमेरिकी, तीन जना स्पेनीस र एक जना चेक गणतन्त्रका नागरिक रहेको बीबीसी हिन्दीले जनाएको छ । प्रहरीका अनुसार सातै जनालाई देशमा अस्थिरता फैलाएको आरोपमा पक्राउ गरिएको हो ।

भेनेजुएलाका आन्तरिक मन्त्री डियोसडाडो काबेलोले पक्राउ परेकाबाट सयौं हतियार जफत गरेको पनि बताउनुभएको छ । पक्राउ परेका विदेशी नागरिकले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र अन्य शीर्ष अधिकारीको हत्या गर्ने षड्यन्त्र रचेका मन्त्री काबोलोको दाबी छ ।

अमेरिकाले भेनेजुएलाका १६ जना उच्च तहका नेता र कर्मचारीमाथि प्रतिबन्ध लगाएको दुई दिनपछि सात जना पक्राउ परेका हुन् । भेनेजुएला सरकारले पक्राउ परेका स्पेनी नागरिक स्पेनको गुप्तचर केन्द्र सीएनआईसँग जोडिएको बताएको छ ।

अघिल्लो महिना भेनेजुएलामा भएको राष्ट्रपतीय चुनावमा निकोलस मादुरो विजयी भएपछि राजनीतिक सङ्कट चुलिएको छ । अमेरिका र युरोपेली देशले चुनावमा धाँधली भएको भन्दै मान्यता दिएका छैनन् । मादुरोका प्रमुख विरोधी नेतालाई स्पेनले शरण दिएपछि स्पेन र भेनेजुएलाबीचको सम्बन्ध निकै तनावपूर्ण बनेको छ ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया