मध्यपूर्वको तनावका कारण तेलको मूल्य ८० डलरभन्दा माथि पुग्यो

 असोज २२, २०८१ मंगलबार ६:२१:३५ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

मध्यपूर्वमा भइरहेको युद्ध र तनावका कारण युरोपमा समेत तेलको मुल्य बढेको छ । इजरायली सेना र विद्रोही समूह हमासबीच युद्ध शुरु भएको एक वर्ष पुगेको बेलामा ठूलो आक्रमणको सम्भावना र मध्यपूर्वमा लडाइँ फैलिने डरले हिजो लन्डनमा तेलको मूल्य प्रतिब्यारेल ८० डलरभन्दा माथि पुगेको हो । लन्डनमा तेलको मूल्य दुई दशमलव छ प्रतिशतले बढेर प्रतिब्यारेल ८० दशमलव एक शून्य डलर पुगेको थियो ।

यस्तै अमेरिकामा दुई दशमलव ८५ प्रतिशतले बढेर तेलको मूल्य ७६ दशमलव ५१ डलर पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था  एएफपीले जनाएको छ । मध्यपूर्वमा तीव्र आक्रमण र युद्धका कारण गएको हप्ता तेलको मूल्य  १० प्रतिशतसम्म बढेको थियो ।

इजरायलले गएको हप्ता इरानले गरेको  क्षेप्यास्त्र आक्रमणको बदला लिने तयारी गरिरहेको छ । यसले गर्दा क्षेत्रीय युद्धको डरसँगै  तेल प्रशोधन केन्द्रहरूमा आक्रमण र विस्फोटका घटना हुनसक्ने धेरैको अनुमान रहेको खबरमा उल्लेख छ । 
 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया