तेस्राे पटक म्याद थप्दा पनि नारायणगढ–बुटवल सडक विस्तार योजनामा जम्मा ५३ प्रतिशत प्रगति

डिसेम्बरसम्ममा काम नसके ठेक्का तोड्ने सरकारको तयारी

 कात्तिक १४, २०८१ बुधबार १५:१२:५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नारायणगढ–बुटवल सडक आयोजनाको कामका लागि तेस्रो पटक थपिएको म्याद सकिन लाग्दा समेत ५३ प्रतिशत मात्रै प्रगति भएको छ । २०७९ सालको साउनमा काम सक्ने गरी २०७५ सालको माघमा सम्झौता भए पनि अहिलेसम्म आधाभन्दा केही बढी मात्रै काम भएको हो ।

नारायणगढदेखि दाउन्नेसम्म एकतर्फी ३२ किलोमिटर सडक कालोपत्र भएको छ । तेस्रो पटक थपिएको म्याद अब दुई महिना मात्रै बाँकी छ । निर्माणको ठेक्का चाइना स्टेट कन्स्ट्रक्शन इन्जिनियरिङ कर्पोरेशनले पाएको हो ।

पटक पटक म्याद थप्दा पनि काम नसकेपछि आउँदो डिसेम्बर महिनापछि ठेक्का तोड्ने तयारी गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले जानकारी दिनुभयो । काम भइरहेका सडकमध्ये नारायणगढ–बुटवल खण्डमा काम कम भएकोले ठेक्का तोड्न लागेको उहाँको भनाइ छ ।

निर्माण थालेको सात वर्षमा पनि काम नहुँदा नारायणगढ–बुटवल सडकको यात्रा कष्टकर रहेको छ । सडक खण्डको एक सय १४ किलोमिटर दूरी पार गर्न सार्वजनिक गाडीलाई कम्तीमा चार घण्टा लाग्ने गरेको छ ।

अन्तिम अपडेट: मंसिर १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया