उद्योगमन्त्री भण्डारी र भारतीय समकक्षी गोयलबीच व्यापार सहजीकरणक...
मंसिर १८, २०८१ मंगलबार
काठमाण्डौ – अहिले देशका धेरै ठाउँको मौसम सफा रहेको छ । पश्चिमी वायुका साथै पहाडी भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेकाले कतै–कतै बादल लागिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा सामान्य बदली रही बाँकीमा भागमा मौसम सफा रहेको छ ।
विभागका अनुसार आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, बाग्मती, गण्डकी प्रदेशका पहाडी भागका केही तथा बाँकी प्रदेशका पहाडी भागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही ठाउँमा हल्का हिमपातको पनि सम्भावना छ ।
मौसम पूर्वानुमान महाशाखाले हिजो तिहार विशेष मौसम बुलेटिन निकालेर आजदेखि १९ गते भाइटिकाको दिनसम्म केही ठाउँमा सामान्य वर्षाको सम्भावना रहेको जानकारी गराएको छ । समग्रमा धेरैजसो ठाउँको मौसम सफा रहने छ । तापक्रम भने घट्दो क्रममा रहने महाशाखाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।