हङकङ सिक्सेस क्रिकेट प्रतियोगिताको क्वाटर फाइनलमा नेपाल श्रीलङ्कासँग पराजित

 कात्तिक १७, २०८१ शनिबार १५:७:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – २०औँ ‘द हङकङ सिक्सेस’ क्रिकेट प्रतियोगिताको क्वाटर फाइनलमा नेपाल श्रीलङ्कासँग ४० रनले पराजित भएको छ ।

श्रीलङ्काले दिएको एक सय २४ रनको लक्ष्य पछ्याएको नेपालले पाँच ओभरमा सबै विकेट गुमाएर ८३ रन मात्रै बनाउन सक्यो । त्यस अघि टस हारेर व्याटिङको निम्तो पाएको श्रीलङ्काले निर्धारित ६ ओभरमा दुई विकेट गुमाएर एक सय २३ रन बनाएको थियो ।

यस अघि आजै भएको समूह चरणको अन्तिम खेलमा नेपालले अष्ट्रेलियालाई ११ रनले हराएको थियो । हिजो इङ्गल्याण्डलाई हराएको नेपाल आज अष्ट्रेलियासँगको जीतसँगै समूह विजेता बनेर क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

नेपालले पहिलो पटक ‘द हङकङ सिक्सेस’ प्रतियोगिता खेलेको हो । प्रतियोगितामा १२ टोली सहभागी छन् । प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल भोलि हुनेछ ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया