कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १६, २०८१ आइतबार
अर्घाखाँची – अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको छ । दुर्घटनामा परेर १८ जना घाइते भएका छन् ।
भुमिकास्थान नगरपालिका वडा नम्बर ५ र ६ को सिमाना जयठाटीमा आज बेलुका अन्दाजी ५ बजे देउसी भैलो नाचिरहेको ठाउँमा ना ३ ख २४७१ नम्बरको बसको ब्रेक फेल भएपछि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी चक्रबहादुर मल्लले बताउनुभयो ।
भैलो खेल्न आएको बसको एक्कासी ब्रेक फेल भई बाटोमा भैलो खेलिरहेका समूहलाई ठक्कर दिएको प्रहरीको भनाइ छ । घटनास्थलमै एक जना महिलाको ज्यान गएकाे र उपचारको क्रममा २२ वर्षीय तारा श्रेष्ठको अर्घाखाँची अस्पतालमा ज्यान गएको डीएसपी मल्लको भनाइ छ । घाइतेलाई अर्घाखाँची अस्पतालमा उपचारका लागि पठाइएको छ ।
प्रहरी र स्थानीयले घटनास्थलमा उद्धार गरेका छन् । घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । साविक खिल्जी र असुरकोट गाविस हाल वडा नम्बर ५ र ६ को सिमाना जयठाटीमा १५/१६ भैलोका टीम नाच्ने परम्परा रहेको घटनास्थलबाट स्थानीय गणेश प्रसाद भण्डारीले बताउनु भयो । भैलो हेर्ने परम्परा अनुसार मानिसहरु भैलो हेर्न पुगेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।