च्याम्पियन्स लिगमा बार्सिलोना, बार्यन, इन्टर मिलान र एटलान्टा विजयी

 कात्तिक २२, २०८१ बिहीबार ७:४९:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – युरोपेली च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले क्रेभेना जेभेज्दालाई हराएको छ । बिहान भएको खेलमा बार्सिलोना ५–२ गोलले विजयी भयो । जीतसँगै बार्सिलोनाको ४ खेलमा ९ अङ्क भएको छ ।

अर्को खेलमा बार्यन म्युनिखले बेनिफिकालाई र इन्टर मिलानले  आर्सनललाई १–० गोलले पराजित गरेको छ । त्यस्तै एटलान्टाले भीएफबी स्टुटगार्टलाई  २–० ले गोलले हराएको छ ।

अरु खेलमा साख्तर डोनेत्स्कले योङ्ग ब्वाइजलाई २–१ ले गोलले, आरबी साल्जबर्गले फिएनोडलाई ३–१ ले गोलले, एथ्लेटिको मड्रिडले पेरिस सेन्ट जर्मेइन (पीएसजी) लाई २–१ ले र ब्रिस्टले स्पार्टा प्राहालाई २–१ ले पराजित गरेको छ ।

हिजोको खेलमा क्लब बरुग्गीले एस्टन भिल्लालाई १–० ले हराएको छ । च्याम्पियन्स लिगमा लिभरपुल ४ खेलमा १२ अङ्कसहित शीर्ष स्थानमा छ । यस्तै स्पोर्टिङ सीपी दोस्रो र मोनाको तेस्रो स्थानमा छ ।
 

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया