शिख धर्मावलम्बीले आज गुरुनानक जयन्ती मनाउँदै

 कात्तिक ३०, २०८१ शुक्रबार ९:११:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – शिख धर्मावलम्बीले आज शिख धर्मका प्रवर्तक गुरुनानकको जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाउँदैछन् । हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाका दिन गुरुनानकको जन्मजयन्ती मनाउने गरिन्छ ।

गुरुनानकको जन्म १५२६ साल कात्तिक शुक्ल पूर्णिमाका दिन अर्थात् सन् १४६९ अप्रिल १५ मा पाकिस्तानको पञ्जाब प्रान्तमा भएको थियो । शिख धर्म ग्रन्थ ‘गुरु ग्रन्थ साहिब’ को रचना गरेका उहाँले जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको सुरुआत गराएको मानिन्छ ।

गुरुनानक जयन्तीका अवसरमा पशुपतिमा रहेको भष्मेश्वर, ज्ञानेश्वर र थापाथलीमा रहेको गुरुनानक मठमा तथा पवित्रस्थल गुरुद्वारमा विशेष पूजा एवम् विभिन्न धार्मिक तथा सामाजिक कार्यक्रम गरी मनाउने गरिन्छ ।
 

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया