सिङ्गापुरको लाहुरे हुँ, बिहे गर्छु भन्दै २७ लाख रुपैयाँभन्दा धेरै ठगी गर्ने व्यक्ति पक्राउ

 मंसिर ३, २०८१ सोमबार १३:१८:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्वीर

काठमाण्डाै – फेसबुकलगायत सामाजिक सञ्जालमा नक्कली खाता बनाई ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको आँबुखैरेनी गाउँपालिका वडान नम्बर ५ घर भई काठमाण्डौको चन्द्रागिरि बस्ने रुद्रबहादुर गुरुङ रहेका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

गुरुङले नक्कली खाताको दुरुपयोग गर्दै केटी साथीहरू बनाई आफू फ्रान्स–सिङ्गापुरको लाहुरे हुँ, तिमीलाई मन पराउँदछु, बिहे गरी सिङ्गापुर लैजान्छु, सिङ्गापुर लैजानका लागि कागजात बनाउनुपर्छ, त्यसबापत पैसा लाग्छ भन्दै ठगी गरेका थिए । उनले आफ्नो हुलिया एवम् परिचय परिवर्तन गरी काठमाण्डौ, चितवनका विभिन्न ठाउँमा भेटन बोलाई चेक तथा नगरी गरी १६ लाख ८३ हजार ६ सय र विभिन्न व्यक्तिको नाममा रहेका २६ वटा ई–सेवा वालेटमा १० लाख ९९ हजार ६ सय गरी २७ लाख ८३ हजार दुई सय रुपैयाँ ठगी गरेका थिए ।

ठगीसम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि गुरुङलाई जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी काजीकुमार आचार्यले बताउनुभयाे ।

अन्तिम अपडेट: मंसिर १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया