पालिका उपचुनाव : ६२ प्रतिशतभन्दा धेरै मत खस्याे

 मंसिर १६, २०८१ आइतबार १७:४९:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पालिकाका रिक्त विभिन्न ४१ वटा पदका लागि आज भएको उपचुनाव शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । बिहान ७ बजेदेखि शुरू भएको मतदान बेलुकी ५ बजेसम्म सबै निर्वाचन स्थल र केन्द्रमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको निर्वाचन आयोगका सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेले उज्यालोलाई जानकारी दिनुभयो ।

सहायक प्रवक्ता चालिसेका अनुसार आज भएको मतदानमा ६२ प्रतिशतभन्दा धेरै मत खसेको छ । मतदानमा वृद्धवृद्धा, अशक्त, गर्भवती र सुत्केरीलगायतका मतदाताको उत्साहजनक सहभागिता रहेको थियो । उपचुनावका लागि दुई लाख २६ हजार सात सय ९९ जना मतदाता थिए ।

नगरपालिका मेयर एक, उपमेयर एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी कुल ४१ पदका लागि आज मतदान भएको हो । यो उपचुनावमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

आयोगका सहायक प्रवक्ता चालिसेले सर्वदलीय छलफलपछि आजै रातिदेखि मतगणना शुरू हुने बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया