रास्वपा सभापति रवि लामिछानेलाई काठमाण्डौबाट चितवन लगियो
मंसिर १८, २०८१ मंगलबार
काठमाण्डाै – पालिका उपचुनावको मतगणना आजै रातिदेखि शुरू हुने भएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता एवम् उपसचिव दुर्गाप्रसाद चालिसेले मतदान सम्पन्न भएसँगै सर्वदलीय छलफल गरे आजै बेलुकादेखि वडाहरूको मतगणना शुरू गर्ने तयारी रहेको जानकारी दिनुभयो ।
पालिकास्तरको मतगणनाका लागि सबै मतदान केन्द्रबाट मतपत्र सङ्कलन गर्न केही समय लाग्ने भएकाले त्यहाँ भाेलि बिहानदेखि मतगणना शुरू हुने आयाेगका सहायक प्रवक्ता चालिसेले बताउनुभयाे ।
दोलखा, बाजुरा, हुम्लाजस्ता दुर्गम ठाउँहरूमा रातिसम्म मतपेटिका सङ्कलन हुने भएकाले त्यहाँ तत्काल मतगणना शुरू गर्न कठिनाइ हुने देखिएको छ । यद्यपि आजैदेखि शुरू भएका वडाहरूको मतगणनाको प्रारम्भिक नतिजा भोलि बिहानसम्म आउन सक्ने र भोलि बेलुकासम्म धेरैजसाे ठाउँको मतपरिणाम सार्वजनिक हुने अपेक्षा गरेकाे सहायक प्रवक्ता चालिसेले बताउनुभयाे ।
बढी मतदाता भएका पालिका जस्तै– काठमाण्डाैकाे कीर्तिपुर नगरपालिका, मोरङको ग्रामथान गाउँपालिकालगायतका ठाउँमा मतपरिणाम पर्सिसम्म मात्रै आउने चालिसेले जानकारी दिनुभयो ।
पालिकाका रिक्त विभिन्न ४१ वटा पदका लागि आज भएको उपचुनावमा ६२ प्रतिशतभन्दा धेरै मत खसेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।