मनिषा कोइरालाले आमासँग मिलेर गरिन् आफ्नाे आत्मकथा ‘हिल्ड’ काे विमोचन

 पुष ७, २०७५ शनिबार १६:१५:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की - चर्चित बलिउड अभिनेत्री मनिषा कोइरालाको आत्मकथा ‘हिल्ड’ शनिबार पाेखरामा विमोचन भएको छ ।

शनिबारदेखि पोखरामा सुरु भएको सातौं साहित्य महोत्सवमा मनिषाको क्यान्सर संघर्ष र जीवनमा आएका उतारचढावबारे लेखिएको आत्मकथा राजेश हमाल, फाइनप्रिन्ट बूक्सका प्रकाशक निरज भारी, मनिषा कोइराला र उनकी आमा सुश्मा कोइरालाले संयुक्त रूपमा विमोचन गरेका हुन् ।

क्यान्सर र यसकाे निदानका बारेमा विभिन्न विषय समावेश गरिएकोे पुस्तक सबैका लागि उपयोगी हुने विश्वासका साथ आफूले पुस्तक लेख्नु परेको अभिनेत्री कोइरालाको भनाई छ ।

पुस्तकमा क्यान्सर रोग निदानका लागि आफूले कसरी शारीरिक, मानसिक तथा संवेगात्मक लडाईं लड्नु पर्‍यो भन्ने कुरा समेटिएको पनि अभिनेत्री कोइरालाले जानकारी दिइन् ।

अभिनेत्री कोइरालाले आफूले नै अन्तिम अवस्थामा मात्रै क्यान्सर भएको थाहा पाएको बताउदै नेपालमा क्यान्सरका बारेमा सचेतनामूलक कार्यक्रम अघि बढाउने बताइन् ।

मनिषाको आत्मकथाको अङ्ग्रेजी संस्करण पेन्गुइन इन्डियाले प्रकाशन गरेको हो । यसको नेपाली संस्करण फाइनप्रिन्ट बूक्सले छिट्टै नै बजारमा ल्याउने जानकारी दिएको छ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया