पालिका उपचुनाव : कहाँ–कहाँ भइरहेको छ मतदान ?
मंसिर १६, २०८१ आइतबार
बर्दिया - बर्दिया प्रहरीले आइतबार गुलरियाबाट हातहतियार कारोबार गरेकाे आराेपमा एक भारतीय नागरिकलाई हतियारसहित पक्राउ गरेकाे छ ।
लामो समयको अध्ययन र अनुसन्धानपछि बर्दिया प्रहरीले हातहतियार कारोबारीलाइ पक्राउ गरेको हाे ।
प्रहरीले भारतकाे बहराईच जिल्ला, थाना मुर्तिहा भन्ने ठाउँका २० वर्षिय सलमान खानलाइ कटुवा पेस्तोलसहित पक्राउ गरी सार्वजनिक गरेको हो ।
हातहतियार कारोबार गरिरहेको छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको विशेष प्रहरी टोलीले आइतबार बर्दियाको गुलरिया नगरपालिका -१०, कालाबन्जार, गडरिया चोकबाट खानलाइ पक्राउ गरेको हो ।
युपी ३१ ए आर ६८२६ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आइरहेको अवस्थामा खानलाई रोकी जाँच गर्दा कटुवा पेस्तोल १ थान, पेस्तोलमा लाग्ने गोली १ राउण्ड, नेपाली र भारतीय गरी २९,७९६ नगद रकम, लागुऔषध जस्तो देखिने खैरो धुलो पदार्थ ३ ग्रामसमेत फेला पारिएको प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले बताउनुभयो ।
पक्राउ परेका खानलाइ थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बर्दियाको हिरासतमा राखिएको प्रहरी उपरीक्षक मैनालीकाे भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ ।