पालिका उपचुनाव : कहाँ–कहाँ भइरहेको छ मतदान ?
मंसिर १६, २०८१ आइतबार
यस वर्षको साहित्य विधामा दुई ओटा नोबेल पुरस्कार दिइने भएको छ । सन् २०१८ मा यस विधाको पुरस्कार कसैलाई पनि नदिइएको हुँदा त्यो पुरस्कार पनि यसै वर्ष घोषणा गरिने स्वीडिस एकेडेमीले मंगलबार जानकारी दिएको हो ।
अघिल्लो वर्ष साहित्यको नोबेल पुरस्कार कसैलाई पनि दिइएको थिएन र यो घटना स्वीडिस एकेडेमीको साहित्य नोबेल पुरस्कारकै पहिलो हो ।
पुरस्कार घोषणा गर्ने स्वीडिस एकेडेमीका एकजना सदस्य कट्रिना फ्रस्टेन्सनका पति फ्रान्सेली फोटोग्राफर जीन क्लाउड आर्नल्टलाई विभिन्न महिलाले यौन दुर्व्यवहारको आरोप लगाएका कारण यौन दुराचारीकी श्रीमती सम्मिलित निर्णायक मण्डलले गरेको निर्णयले राम्रो सन्देश नजाने भन्दै घोषणा गरिएको थिएन ।
मीटू अभियानबाट प्रेरित हुँदै १८ जना महिलाले आर्नल्टमाथि विभिन्न आरोप लगाएका थिए । श्रीमती एकेडेमी सदस्य भएको फाइदा उठाउँदै आर्नल्टले अघिल्ला संस्करणहरुमा पनि ७ जना विजेताहरुको नाम पहिले नै घोषणा गरेको आरोप पनि छ ।
सन् २०१८ र २०१९ को निर्णायक मण्डलले निर्णय गरिसकेको छ । यो पुरस्कारमा भएको महत्वपूर्ण परिवर्तन भनेको पाँच जना स्वतन्त्र र बाहिरका सदस्यहरु छन्, जसले स्वीडिस एकेडेमीलाई नोबेल साहित्यको लागि नयाँ निर्णायक समूह छनौट गर्दै आएको छ ।
नोमिनेसनमा परेका २०० जनाबाट फेब्रुअरीमा छनौट भएपछि सर्टलिस्टमा परेकाहरुलाई मे महिनामा छनौट गरी अन्तिममा छानिएका पाँच जनाको गहन अध्ययनपछि पुरस्कारको घोषणा हुने गरेकाे छ ।
सन् १९०१ बाट सुरु भएको नोबेल साहित्य पुरस्कार सन् १९३६ र दुई विश्वयुद्धताका बाहेक कहिल्यै रोकिएको थिएन । १९३६ मा अमेरिकी नाटककार इयुजिन ओ निललाई दिने भनिएको पुरस्कार अर्को वर्ष दिइएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।