काठमाण्डौमा आज यो वर्षकै सबैभन्दा कम तापक्रम मापन
मंसिर १८, २०८१ मंगलबार
इलाम – डिफेन्डिङ च्याम्पियन थ्रीस्टार क्लबलाई पराजित गर्दै हिमालयन शेर्पा क्लब इलाममा जारी पाँचौ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण माई भ्याली गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
हिमालयन शेर्पा क्लबले बुधबार भएको खेलमा डिफेन्डिङ च्याम्पियन थ्रीस्टार क्लब ललितपुरलाई ३–१ गोलले पराजित गरेकाे हाे । थ्रीस्टारले सुरुवाती अग्रता लिए पनि त्यो अग्रता लामो समय टिकेन ।
खेलको १४ औँ मिनेटमा नै थ्रीस्टारका कप्तान अनिल गुरुङले गोल गरी टिमलाई अग्रता दिलाएका थिए । तर त्यो अग्रता पाँच मिनेट पनि टिकेन । १९ औँ मिनेटमा हिमालय शेर्पाका विजय श्रेष्ठले गोल गरी खेल बराबरीमा ल्याए ।
पहिलो हाफमा १–१ को बराबरीमा खेलेको थ्रीस्टारले दोश्रो हाफमा भने विपक्षीलाई दबाबमा राख्न सफल बन्यो । चामत्कारिक खेल प्रदर्शन गरेको हिमालयन शेर्पाले ६८ औँ मिनेटमा दोश्रो गोल गर्याे ।
कर्नरको अवसरलाई सदुपयोग गर्दै हिमालयन शेर्पाका त्रिभुवन गुरुङले हेडमार्फत गोल गरी टिमलाई जित नजिक पुर्याए । ७५ औँ मिनेटमा पुनः हिमालयन शेर्पाका सुनिल खड्काले गोल गर्दै टिमलाई ३–१ को जित निश्चित दिलाए । पेनाल्टी क्षेत्रबाट सीधै जाली चुमाएका थिए ।
खेलको म्यान अफ् द म्याच विजेता हिमालय शेर्पा क्लबका विदेशी खेलाडी रामसेइ घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।
बिहीबार तेश्रो क्वार्टरफाइनलमा मेची नेत्रालय झापाले विभागीय टिम नेपाली सेनाको त्रिभुवन आर्मीको सामना गर्नेछ ।
५ चैतसम्म चल्ने प्रतियोगितामा नेपाल, भारत, हङकङ र क्यामरुनका गरी १० टिमको सहभागिता छ । माई भ्याली फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिताका विजेताले नगद ७ लाख र उपविजेताले ४ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।