पालिका उपचुनाव : कहाँ–कहाँ भइरहेको छ मतदान ?
मंसिर १६, २०८१ आइतबार
कैलाली – जिल्ला वन कार्यालय कैलालीका वन अधिकृत भरत साह ३० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
अख्तियार अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले आज दिउँसो वन अधिकृत साहलाई ३० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो । वन अधिकृत साहलाई धनगढी उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको वन कार्यालयमा सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा अख्तियारले पक्राउ गरेको बताएको छ । वन मुद्दा मिलाइदिने भन्दै अधिकृत साहले पैसा मागेको बताइएको छ ।
अख्तियार अनुसन्धान आयोगले साहमाथि आवश्यक कारबाहीको प्रकृया अगाडि बढाएको जनाएको छ । अख्तियार अनुसन्धान आयोग महेन्द्रनगरमा कार्यरत प्रहरी निरीक्षकको नेतृत्वको टोलीले साहलाई पक्राउ गरेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।