माई भ्याली गोल्डकप : एपीएफलाई हराउँदै दाउफिन्स क्लब सेमिफाइनलमा

 फागुन ३०, २०७५ बिहीबार १८:१२:४९ | सुजता सुनुवार
unn.prixa.net

इलाम – क्यामरुनको दाउफिन्स क्लब इलाममा जारी पाँचौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण माई भ्याली गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ३–१ गोलले हराउँदै दाउफिन्स सेमिफाइनलमा प्रवेश गरेको हो ।  

सुरुवातदेखि नै  एपीएफविरुद्ध दबाब कायम गर्न सफल दाउफिन्सले खेलको १४ औँ मिनेटमा नै अग्रता लिएको थियो । दाउफिन्सका मिसिकेले हेडमार्फत पहिलो गोल गरेका थिए । २० औँ मिनेटमा मिसिकेको क्रस पासलाई सदुपयोग गर्दै दाउफिन्सका पेटङ्गाले टिमका लागि दोश्रो गोल गरे । एपीएफले भने ३६ औं मिनेटमा एक गोल फर्काउन सफल भयो । एपीएफका हरि कार्कीले गोल गरेका थिए । 

दाउफिन्सले ६२ औं मिनेटमा गोल गरी पुनः अग्रता बढायो । कर्नरको अवसरलाई सदुपयोग गर्दै दाउफिन्सका पेटङ्गाले हेडमार्फत गोल गरी टिमलाई जित दिलाएका थिए । दाउफिन्सका पेटेङगा म्यान अफ् द म्याच घोषित हुँदै नगद १० हजार रुपैयाँ प्राप्त गरे । 

शुक्रबार अन्तिम क्वार्टरफाइनलमा विभागीय टिम नेपाली सेनाको त्रिभुवन आर्मी र मेची नेत्रालय झापा आमनेसामने हुँदैछन् । 

माई भ्याली फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिताका विजेताले नगद ७ लाख र उपविजेताले ४ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।
 

अन्तिम अपडेट: मंसिर १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया