काठमाण्डौमा आज यो वर्षकै सबैभन्दा कम तापक्रम मापन
मंसिर १८, २०८१ मंगलबार
बलिउड अभिनेता सुशान्त सिंह राजपूतले अभिनेत्री सारा अली खानलाई आफ्नो इन्स्टाग्राम अकाउन्टबाट अनफलो गरेका छन् ।
साथै सारा अली खानसँगका सबै तस्बिरहरु डिलिट गरिदिएका छन् । अभिनेत्री सारा अली खानले उनको करियरको सुरुवात फिल्म ‘केदारनाथ’ बाट गरेकी थिइन् ।
यस फिल्ममा अभिनेता सुशान्त सिंह राजपूत सारा अली खानको जोडी थिए । फिल्म ‘केदारनाथ’ मा दर्शकले सारा अली खान र सुशान्तको जोडीलाई मन पराएका कारण फिल्म बक्स अफिसमा हिट सावित भएको थियो ।
यससँगै अभिनेत्री सारा र सुशान्तले एक अर्कालाई डेट गरिरहेका खबरहरु पनि सार्वजनिक भएका थिए । त्यसपछि सारा अली खानकी सौतेली आमा तथा अभिनेत्री करिना कपूर खानले एक कार्यक्रममा अन्तरवार्ताको क्रममा सारा अली खानलाई सल्लाह दिँदै आफ्नो करियरको पहिलो हिरोसँग अफेयर नगर्दा राम्रो हुने सुझाव दिइन् ।
करीना कपूर खानले सिधै नभने पनि उनले सुशान्ततर्फ नै इशारा गर्दै यस्तो सल्लाह दिएकी थिइन् ।
त्यसपछि पनि सारा सुशान्तको केही समय अघि रिलिज भएको फिल्म ‘सोन चिडिया’ को स्पेसल स्क्रिनिङमा गएकी थिइन् । तर अहिले सुशान्तले तिनै सारा अली खानलाई सामाजिक सञ्जालमा अनफलो गरिदिएका छन् ।
अहिले सारा अभिनेता कार्तिक आर्यनसँग फिल्म ‘लब आज कल २’ को छायांकन गरिरहेकी छिन् । चर्चित टेलिभिजन शो कफी विद करणमा साराले अभिनेता कार्तिक आर्यनलाई डेट गर्न चाहेको कुरा बताएकी थिइन् ।
अहिले उनी तिनै कार्तिक आर्यनका साथ फिल्म छायाँकंन गरिरहेकी छिन भने उनले हालै कार्तिकसँगको तस्विर उनको इन्स्टाग्राममा सेयर पनि गरेकी छिन् ।
अहिले सुशान्तले सारालाई अनफलो गर्नुको पछाडि सारा र कार्तिकबीचको बढ्दो मित्रता नै मुख्य कारण हुनसक्ने अनुमान मिडिया तथा फ्यानहरुले गरिरहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।