पालिका उपचुनाव : कहाँ–कहाँ भइरहेको छ मतदान ?
मंसिर १६, २०८१ आइतबार
सिन्धुपाल्चोक – ‘दशैं तिहार मनाउन आउँछु भनेकी दिदीले त्यसपछि त फोन पनि गरेकी छैन,’ खुइय सुस्केरा हाल्दै रामबहादुर श्रेष्ठले भन्नुभयो, ‘बिरामी छु पनि भन्थी, के भयो होला ।’
सिन्धुपाल्चोकका रामबहादुर यूएई गएकी दिदीको सञ्चो बिसञ्चोको खबरको पर्खाईमा हुनुहुन्छ । झण्डै ६ महिना भयो, रामबहादुरकी दिदी ज्ञानु श्रेष्ठ यूएईमा हराउनुभएको ।
गएको दशैंमा नै घर आउने तयारीमा रहेकी दिदीको फोन पनि नआएपछि रामबहादुर आत्तिनुभएको छ । ‘पराइदेशमा दिदी सिकिस्त बिरामी पो परिन् कि ? कुनै अप्ठ्यारो पो पर्यो कि ?’ रामबहादुरका मनमा कुरा खेलिरहन्छ ।
‘फोनमा बिरामी छु भनेको मान्छेले फोनै नगरेपछि कसरी मन बुझाउनु,’ रामबहादुर भन्नुहुन्छ, ‘आफ्नो चेलीबेटी विदेशी भूमीमा हराएपछि चुप लागेर कसरी बस्नु ।’
चौतारा साँगाचोकगढी नगरपालिका ४ कि ज्ञानु २०७० सालमा यूइर्ए जानुभएको हो । सूर्य इन्टरनेशनल म्यानपावरबाट क्लिनरको काममा त्यहाँ पुग्नुभएकी ज्ञानु सन्तुष्ट नै हुनुहुन्थ्यो ।
रामबहादुरसँग फोनमा काम र कमाइको बारेमा नराम्रो कुरा कहिल्यै पनि गर्नुभएको थिएन । ‘काम त राम्रो नै छ भन्थिन् दिदीले,’ रामबहादुर भन्नुहुन्छ, ‘घर आउने बेलामा चाहिँ के भयो होला ।’
कुन बाध्यताले दिदीलाई परदेश पुर्यायो भन्ने त थाहा छैन रामबहादुरलाई । तर ४० कटेपछि कमाउन भन्दै परदेश पुगेकी दिदीलाई कस्तो आपत आइलाग्यो होला भनेर दुःख लाग्छ । ४७ वर्षकी ज्ञानुका तीन जना छोरी छन् । उनीहरु पढ्दै छन् । श्रीमान् पनि काठमाण्डौमा काम गर्छन् ।
घरको काममा भए पनि ज्ञानुले भाइ रामबहादुरलाई बेलाबेलामा फोन गरिरहनुहुन्थ्यो । भिडियो कल पनि गर्नुहुन्थ्यो ज्ञानुले । ‘एकदिन भिडियो कल गर्दा मैले दिदीको अनुहार सुन्निएको देखेको थिएँ, के भयो भनेर सोधेको चिसोले यस्तो भयो भनिन्’ दिदीले फोन गर्न छाडेपछि भने रामबहादुरलाई बहिनीको यो जवाफ मुख सुन्निनुको कारण थिएन कि भन्ने लाग्छ ।
त्यो तातो खाडीमा चिसोले भन्दा पनि कसैले कुटपिट गरेर पो मुख सुन्नियो कि भन्ने लाग्छ रामबहादुरलाई ।
गएको असोजमा फोन गर्दा घर आउँछु भनेकी दिदीको कुनै खबरसमेत नआएपछि रामबहादुरले खोजीका लागि सुरक्षित आप्रवासन सामी परियोजनाले सिन्धुपाल्चोकमा सञ्चालन गरेको सूचना केन्द्रमा निवेदन दिनुभएको छ ।
रामबहादुरले दिएको निवेदनको आधारमा सूचना केन्द्रले ज्ञानुको खोजीका लागि कन्सुलर सेवा विभागमा अनलाइनमार्फत निवेदन पेश गरेको थियो । तर कन्सुलर विभागबाट कुनै पनि प्रतिक्रिया आएको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।