पालिका उपचुनाव : कहाँ–कहाँ भइरहेको छ मतदान ?
मंसिर १६, २०८१ आइतबार
राजनीतिमा युवा र जुझारु व्यक्तिहरुको पकड नभएसम्म देशले समृद्धि हासिल गर्न सक्दैन । देश चलाउने भनेकै अब युवा र जुझारुहरुले हो । तर हाम्रो देशमा के देखिन्छ भने जो सबैभन्दा बढी अस्वस्थ छ, जो उमेरले वृद्ध अवस्थामा पुगेको छ उसैको काँधमा राजनीतिक नेतृत्वको दायित्व छ ।
त्यो बाट उसले न त विश्राम लिन खोज्छ न त उसलाई विश्राम लगाउने गरी अरु कोही निस्कन सकेको छ ।
एक पटक पावरमा पुगिसकेपछि त्यो व्यक्ति सँधै पावरमा नै बसिरहूँ भन्ने खालको मनोवृत्तिले ७०-८० कटिसकेकाहरु अझैसम्म पनि राजनीतिक दलको प्रमुख र मन्त्री–प्रधानमन्त्री बनेर बसेका छन् ।
राजनीतिक पावर साँच्चै रक्सीको लतभन्दा पनि खतरनाक रहेछ । एक पटक पावरमा पुगेपछि वा भनौँ राजनीतिक लत कुनै पनि लागुऔषधको लतभन्दा खतरनाक हुने रहेछ । हाम्रो समाजको बनोट नै यस्तै खाले छ । जहाँ हामी पावरको पूजा गर्छौँ ।
पावरबाट हटेपछि उसको कुनै मूल्य हुँदैन भन्ने सोचले ग्रस्त छौँ हामी । जस्तो पूर्व मन्त्रीहरु न्युरोडमा कति घुमिरहेका हुन्छन् कसैले नमस्ते गर्छ, कतिपयले त उसलाई चिन्दैनन् पनि ।
तर त्यही व्यक्ति मन्त्रीको सपथ लिन नपाउँदै सबै उसैको पछि लाग्छन् । हरेक दिन उसका बारेका समाचार सञ्चारमाध्यममा हटकेक बनेर आउँछ । पावरलाई हामीले यति धेरै महत्व दिएका छौँ कि त्यसले गर्दा पावरबाट हट्नेबित्तिकै मान्छे विक्षिप्त हुन्छ । चुनाव हारेका नेता हेर्नुस् या पूर्व मन्त्रीहरुलाई हेर्नुस्, कस्तो स्थिति हुन्छ त्यसबाट पनि थाहा हुन्छ ।
हाम्रा शीर्ष राजनीतिज्ञहरु धेरैजसो अस्वस्थ छन् । उनीहरु अधिकांश समय अस्पतालमा उपचार गराइरहनुपर्ने, चिकित्सकको निगरानीमा बसिरहनुपर्ने खालका छन् ।
राजनीतिज्ञको मात्रै होइन सबै व्यक्तिले पहिले आफ्नो स्वास्थ्य ठिक राख्नुपर्छ । अधिकांश राजनीतिज्ञको स्वास्थ्य ठिक छैन अहिले । जब व्यक्ति स्वस्थ हुँदैन भने उसँग जोश जाँगर पनि रहँदैन । र अधिकांश समय स्वास्थ्य जाँचमा खर्च गर्नुपर्ने हुन्छ ।
त्यसका लागि राष्ट्रको पैसा जान्छ । किनकि उनीहरुको स्वास्थ जँचाउन कहिले बैंकक, कहिले न्युयोर्क त कहिले दिल्ली पठाउनुपर्ने हुन्छ ।
त्यो भनेको राष्ट्रिय ढुकुटी खर्च गर्नु हो । उनीहरुको स्वास्थ्य बिग्रिनु भनेको उनीहरुको व्यक्तिगत समस्या मात्रै होइन । तपाइँका,े मेरो सबैको बाट कटाएर जम्मा गरेको राजश्व पनि खर्च गर्नु हो ।
त्यसकारण यदी मैले भनेको हुने थियो भने त राजनीतिमा एउटा निश्चित क्राइटेरिया राखिदिन्थेँ ।
योङ मान्छे, हेल्दी मान्छे हुनुपर्ने मापदण्ड तय हुन्थ्यो । भोट मात्रै ल्याएर हुँदैन नि, उसको हेल्थ ठिक छ कि छैन भन्ने कुरोले ठूलो महत्व राख्छ नि । राजनीतिज्ञ मान्छेले त १८ घण्टा काम गर्नुपर्छ । त्यसैले उ त स्वस्थ हुनुपर्ने पहिलो शर्त हो नि । होइन भने त उसले काम नै गर्न सक्दैन नि ।
नेपालमा झन्डै ९० हजार जति हाम्रा सन्यासी छन् । हाम्रा सन्यासीहरु अधिकांश साकाहारी छन् । मासु खाँदैनन्, रक्सी खाँदैनन् । त्यसैले हाम्रा अनुयायीहरु भ्रष्टाचार गर्दैनन् । किनभने जति हाम्रो जीवन आर्टिफिसियल बन्छ त्यति नै बढी भ्रष्टाचार हुन्छ । जति तडक भडक गर्नु पर्छ त्यति नै भ्रष्टाचार गर्नुपर्छ ।
जीवन सामान्य, साधारण भयो भने थोरै पैसाले पनि काम चल्छ । त्यसैले हाम्रा सन्यासीहरुले भ्रष्टाचार गर्दैनन् ।
उनीहरु शारीरिक रुपमा पनि स्वस्थ छन्, आचरणमा पनि स्वस्थ छन् । उनीहरु जहाँ गए पनि स्वस्थ नै हुन्छन् । त्यसैले मैले भन्ने पनि गरेको छु हाम्रा सन्यासीहरु राजनीतिमा आए अहिले देखिएको विकृति हदसम्म निराकरण हुन्छ नै ।
हाम्रा सन्यासीहरुको दिनचर्या योग र ध्यान बाट सुरु हुन्छ । अधिकांशले रक्सी खाँदैनन्, मासु खाँदैनन् । थोरैमा नै गुजारा चल्छ । तुलनात्मक रुपमा अनुशासित छन् । शत प्रतिशत इमान्दारिता देखाएर पनि नेपालमा बाँच्न गाह्रो छ ।
एउटा सरकारी कर्मचारीको कुरा गरौँ । एउटा सेक्सन अफिसरको तलब ३०-३५ हजार होला धेरैमा । यदी उसको काठमाण्डौमा घर छैन भने त्यो त घरभाडा र खानामा नै सकिन्छ । त्यसैले बेइमानी नगरी त बाँच्नै सक्दैन । बेइमानी त बाध्यता हो ।
उसले छोरा छोरी पढाउनुपर्यो, घरभाडा तिर्नुपर्या, श्रीमतीको कपडा किन्नुपर्यो । ३५ हजारमा सबै सम्भव त ? छैन नि । त्यसैले भ्रष्टाचार उसका लागि बाध्यता हो ।
हाम्रो अर्थतन्त्रमा नै यसलाई अप्सनलमा राखेको पाइँदैन । हामी सबै भ्रष्ट छौँ तर देखावटी रुपमा भने हामी इमान्दार छौँ भन्छौँ । यो भनेको त झनै डबल बेइमानी हो ।
उनीहरु शत प्रतिशत नै इमान्दार छन् भने काठमाण्डौमा कसरी कुनै एउटा सेक्सन अफिसरले घर बनाउन सक्छ ? सबैभन्दा बढी तलब खाने सरकारी कर्मचारीले पनि काठमाण्डौमा आफ्नो तलबबाट मात्रै पैसा बचाएर ८ आना जग्गा किन्न त सम्भव छैन भने महल ठड्याउनु सम्भव हुने कुरै होइन । तर पनि अधिकांश उच्च तहका कर्मचारीको काठमाण्डौमै घर छ । त्यसकारण भ्रष्टाचारको अर्को अप्सन नै छैन अहिलेको अर्थतन्त्रमा ।
मेरै कुरा गर्नुपर्दा म यो अध्यात्ममा लाग्नुभन्दा अघि धेरै दुःखी थिएँ । अध्यात्ममा लागे पनि सुरुवातका बेला गलत गुरुकोमा परेको थिएँ । सुरुका दिनमा लसुन नखाउ, प्याज नखाउ, भन्नेजस्तो मात्रै सिकाइयो । तर मलाई सुखी कसरी हुन कसैले सिकाएन । तर पछि म ओशोको चरणमा पुगें । त्यहाँ पुगेपछि मात्रै जिन्दगीले यो मोड लियो । यदी ओशो मेरो जीवनमा नआएको भए म मर्थेँ होला । त्यो बेला म एकदमै दुःखी थिएँ । लगभग सुसाइडको किनारमा पुगेको मान्छे हुँ म ।
मैले ओशोलाई म दुनियाको सबैभन्दा दुःखी मान्छे छु गुरु भनेर भन्दा उहाँले मलाई भन्नुभएको थियो, ‘म तिमीलाई यो संसारको सबैभन्दा सुखी व्यक्ति बनाउनेछु । तिमीलाई मात्रै होइन तिम्रो हातबाट लाखौँ मान्छेलाई म सुखी बनाउँछु । तिमलाई यस्तो बनाउँछु कि तिमी जहाँ जान्छौ त्यहाँ सुखको वर्षा हुन्छ ।’
सापेक्षिक रुपमा भन्ने हो भने आजको दिनमा उहाँले भन्नुभए झैँ म आफूलाई धेरै सुखी व्यक्तिको रुपमा लिन्छु । नेपालमा ९० हजार मजस्ता सन्यासीलाई मैले शिक्षा दिएको छु । विदेशमा पनि ४०-४५ हजार छन् । उनीहरुले पनि बडो आनन्दित र खुशीको जीवन व्यतित गरिरहेका छन् ।
दिनभरी हाँस्छौँ, बेलुका नाच्छौँ । बिहान योगबाट दिनचर्या सुरु गर्छौँ, राति नाचेर सेलिब्रेसन गर्छौँ । कसैलाई रक्सी, चुरोट, मासु खानु छैन । महंगा लुगा लगाएर देखावटी बन्नु छैन । त्यसकारण थोरै इन्कममा पनि हामीलाई बाँच्न आउँछ ।
जीवन जति प्राकृतिक हुन्छ त्यति नै कम तनाव हुन्छ । जीवन जति बनावटी र महत्वकांक्षी हुन्छ त्यति नै धेरै तनाव हुन्छ ।
हुन त हाम्रो अहिलेको शिक्षा पद्धति, राजनीति प्रणाली पूरै महत्वकांक्षामा आधारित छ । सामाजिक बनावट पनि त्यस्तै छ । अहिलेको सोसल स्ट्रक्चर जुन छ त्यसले मान्छेलाई महत्वकांक्षी बनाइरहेको छ, खुसी बनाउने कुनै पाटो नै छैन ।
हामी यही पाटो परिवर्तन गर्न भनेर लागिपरेका छौँ । हामी त्यसैका लागि काम गरिरहेका छौँ । मेरो कारणबाट थोरै व्यक्तिको जीवनमा पनि परिवर्तन ल्याउन सकेँ भने आफ्नाे अहोभाग्य सम्झन्छु । त्यसैले म हरेक दिन नेपालीको सोचमा परिवर्तन गर्नुपर्छ भनेर लागिपरेको छु ।
अध्यात्म नै हो अहिलेको परिवर्तनको बाटो । अन्धकाररुपी जीवनलाई उज्यालोमा लैजाऔँ । एउटा नयाँ जीवन दृष्टि ल्याऔँ भन्नेमा नै हामी लागेका छौँ । सन्तुष्टि, सुख र खुशीका लागि धेरै सम्पन्न हुनु जरुरी छैन । धन-धान्यले पूर्ण भएर पनि सुख, खुशीबाट बन्चित भएकाहरु हामीले देखेका छौँ ।
ओशो तपोवन केन्द्र नेपालका संस्थापक स्वामी आनन्द अरुणसँग उज्यालोका लागि नवराज फुयाँलले गर्नुभएको कुराकानीमा आधारित ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
स्वामी आनन्द अरुण ओशो तपोवन केन्द्र नेपालका सस्थापक हुनुहुन्छ ।
Swami Yog Prem
April 16, 2019, 6:43 a.m.a must-visit-place: Osho Tapoban a must-visit-person: Swami Ananda Arun a must-live-life: Osho's world