काठमाण्डौमा आज यो वर्षकै सबैभन्दा कम तापक्रम मापन
मंसिर १८, २०८१ मंगलबार
गुल्मी – गुल्मीको मुसिकोट नगरपालिका–४, अन्तर्गत वडागाउँको दजाकोटमा दूषित पानी पिउँदा एउटै गाउँका ९८ जना बिरामी परेका छन् ।
बिरामीमध्ये तीन जनाको गुल्मी अस्पताल तम्घास, एक जनाको पाल्पामा रहेको लुम्बिनी मेडिकल कलेज प्रवास र अन्य ६ जनाको त्यसै ठाउँमा सञ्चालन गरिएको अस्थायी शिविरमा उपचार भैरहेको जिल्ला जनस्वास्थ्य अधिकृत महेश श्रेष्ठले जानकारी दिनु भएको छ ।
बिरामी परेकामध्ये स्थानीय कुमारी सिंजालीको अवस्था गम्भीर रहेको बताइएको छ । त्यस गाउँमा अचानक मंगलबार केही मानिसहरु बिरामी पर्न थालेपछि जिल्ला जनस्वास्थ्यको टोली पुगेर शिविर सञ्चालन गरी बिरामीहरुको उपचार गरेको थियो ।
दूषित पानी पिएका कारण बिरामी परेका अधिकांश मानिसहरुमा ज्वरो आउने, पखाला लाग्ने तथा टाउको दुख्ने समस्या देखिएको शिविरमा संलग्न जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत महेश श्रेष्ठले बताउनुभयो । दूषित पानीका कारण मानिसहरु बिरामी परेपछि मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले पानी कसरी दूषित भयो भन्ने परीक्षण गरिने बताउनु भएको छ ।
गाउँमा फैलिएको झाडापखाला अहिले नियन्त्रणमा आएको र सामान्य बनेको बताइएको छ । जिल्लाबाट गएको स्वास्थ्यकर्मीको टोलीले स्थीति सामान्य बन्दै गएको भन्दै बिरामीहरुको थप उपचार गरेर सदरमुकाम तम्घास फर्किएको छ ।
गाउँमा अहिले स्थानीय स्तरमा रहेका ६ जना स्वास्थ्यकर्मीहरु अस्थायी शिविरमा रहेका बिरामीहरुको रेखदेखमा खटिएका छन् । खानेपानीको समस्या भएको गाउँमा नुरखोलाबाट बगेको दूषित पानी स्थानीयहरुले उपभोग गर्न बाध्य रहेको स्थानीय हरि छन्तेलले बताउनु भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।