पालिका उपचुनाव : कहाँ–कहाँ भइरहेको छ मतदान ?
मंसिर १६, २०८१ आइतबार
लमजुङ - लमजुङको दूधपोखरी गाउँपालिका–१, मलेया डाँडामा रहेको घुम्ती भेडीगोठका २८ वटा भेडा मरेका छन् ।
गएको वैशाख २८ गते शनिबार साँझ परेको चट्याङ लागेर भेडीगोठका २८ वटा भेडा मरेको दूधपोखरी गाउँपालिका पशु सेवा शाखाका नायब पशु स्वास्थ्य प्राविधिक दिनेश गुरुङले जानकारी दिनुभयो ।
चट्याङ लागेर भेडा मरेको खबर पाएसँगै वैशाख ३० गते नै गुरुङसँगै दोर्दी गाउँपालिका पशु सेवा शाखाका नायब पशु स्वास्थ्य प्राविधिक विनोदप्रसाद कट्टेल र भेडापालन समूहका १३ जना किसान १२ घण्टा पैदल हिँडेर भेडीगोठ पुगेका थिए ।
‘भेडा मरेको खबर पाएसँगै १५ जनाको टोली भेडीगोठमै पुग्यौँ । चट्याङ लागेर २८ वटा भेडा मरेको पायौँ । धेरै माउ भेडा मरेका छन्’, दूधपोखरी गाउँपालिका पशु सेवा शाखाका नायब पशु स्वास्थ्य प्राविधिक गुरुङले भन्नुभयो, ‘भेडा मर्दा झण्डै साँढे ५ लाख बढिको क्षति भएको छ ।’
सहयोग पाउने आशामा किसान
भेडा मर्दा किसान चिन्तित बनेका छन् । सम्बन्धित निकायबाट केही सहयोग पाउने आशामा किसानहरु रहेका छन् ।
गुरुङका अनुसार लमजुङको दूधपोखरी गाउँपालिका–६, र दोर्दी गाउँपालिका–५ का किसानहरुले संयुक्त रुपमा ‘पतिपुरे सामुदायिक भेडापालन समूह’ गठन गरी भुम्ती भेडीगोठमा भेडापालन गरेका हुन् ।
उनीहरुले सञ्चालन गरेको यस भेडीगोडमा ६ सय ४० बढी भेडा रहेका छन् । दूधपोखरी गाउँपालिकाकाको ओखारी, साल्मे, भीरकुना र दोर्दी गाउँपालिकाको सिम्रुङ र पाचोकका गरी २५ जना बढी किसानले यसै घुम्ती भेठीगोठमा भेडा पाल्दै छन् । यस भेडीगोडमा ४ जना भेडीगोठाला रहेका छन् ।
स्थानीय किसानले भेडीगोठमा भेडा पाल्न दिन्छन् । उत्पादन बेचेर आएको निश्चित रकम भेडीगोठालाले लिन्छन् । बाँकी रकम भेडा धनीलाई बुझाउँछन् । गुरुङका अनुसार दूधपोखरी गाउँपालिकामा १० वटा भेडीगोठ रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।