पुरुष १९ वर्षमुनिको एशिया कपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै
मंसिर १६, २०८१ आइतबार
बंगलादेशलाई ४८ रनले पराजित गरी साविक विजेता अष्ट्रेलिया एकदिवसीय विश्वकप क्रिकेटको शीर्ष स्थानमा फर्किएको छ ।
विश्वकपको ६ खेलबाट १० अंकका साथ शीर्ष स्थानमा पुगेको अष्ट्रेलियाको सेमिफाइनल प्रवेश पनि लगभग सुरक्षित बनेको छ ।
नटिङघमको ट्रेन्ट ब्रिजमा ३८२ रनको लक्ष्य पछ्याएको बंगलादेशले पारीको अन्तिम बलमा सबै विकेट गुमाएर ३३३ रनमात्र जोड्न सक्यो ।
करिअरको सातौं र विश्वकपमा पहिलो शतक प्रहार गरेका बंगलादेशी विकेटकिपर ब्याट्सम्यान मुसफिकर रहिमको प्रदर्शन छायामा परेको हो । चौथो नम्बरमा ब्याटिङ गरेका रहिमले ९७ बलमा ९ चौका र १ छक्कासहित १०२ रनको अविजित पारी खेले ।
यसअघि ओपनर तामिम इक्वालले ६२, शानदार लयमा रहेका शकिब अल हसनले ४१ तथा महमुदुल्लाहले ६९ रनको अर्धशतकीय पारी खेले पनि विशाल लक्ष्य भेट्टाउन असफल रहे ।
यसअघि दक्षिण अफ्रिका र वेष्ट इण्डिजविरुद्ध सानदार प्रदर्शन गरेको बंगलादेशका बलरहरुले आजको खेलमा लय भेट्टाउन सकेनन् ।
बलिङमा अष्ट्रेलियाका मार्कस स्टोनिस, मिचेल स्टार्क र नाथान कल्टर नाइलले दुई–दुई विकेट लिए ।
यसअघि ओपनर डेविड वार्नरले कीर्तिमानी प्रदर्शन गरेपछि टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ओभरमा ५ विकेट गुमाएर ३ सय ८१ रनको विशाल योगफल बनाएको थियो । यो एकदिवसीय विश्वकपमा अहिलेसम्मकै तेस्रो सर्वाधिक योगफल हो ।
वार्नरले जारी विश्वकपमा सर्वाधिक व्यक्तिगत रन प्रहार गर्ने क्रममा १ सय ६६ रनको पारी खेले । उनले १४७ बलमा १४ चौका र ५ छक्का प्रहार गरे । उनले पहिलो विकेटका लागि कप्तान आरोन फिन्चसँग मिलेर १ सय २१ रनको साझेदारी गरे ।
फिन्च ५३ रन बनाएर आउट भएपछि आएका उस्मान ख्वाजासँग मिलेर दोस्रो विकेटका लागि सानदार १ सय ९२ रनको साझेदारी गरे । ख्वाजा शतक बनाउनबाट ११ रनले चुके । उनले ७२ बलमा १० चौका प्रहार गरेका थिए । ग्लेन म्याक्सवेलले १० बलमा ३१ रन प्रहार गरे ।
बंगलादेशका लागि सौम्य सरकारले ३ विकेट लिए । त्यस्तै मुस्तफिजुर रहमानले एक विकेट लिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
चेत राज रावल
June 21, 2019, 8:23 a.m.तुलनात्मक हिसाबे ले बलियो देस AUS सँग बंगलादेस हारे पनी जिते सरह नै हो खुसि लाग्यो खेल हेरेर