कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १६, २०८१ आइतबार
आईसीसी विश्वकप क्रिकेटको १२ औं संस्करण इंग्ल्याण्ड र वेल्समा जारी छ । विश्वकपको माहोल तातिरहेकाे बेला आईसीसीलाई पनि क्रिकेटलाई अर्कै तरिकाले पनि खेल्न सकिन्छ भनेर थाहा नहुन सक्छ ।
वेस्टइण्डिजको पपुवा न्यूगिनीमा ट्रोब्रियाण्ड आइल्याण्ड छ । यो आदिवासीको आइल्याण्ड पनि हो । यहाँको जनसंख्या जम्मा एक हजार मात्रै छ । तर यो आइल्याण्डको मनोरञ्जनात्मक खेल भनेकै क्रिकेट हो ।
१२९ वर्षदेखि आदिवासीहरु क्रिकेट खेललाई मनोरञ्जनको रुपमा खेल्दै आएका छन् । यहाँको क्रिकेटलाई ‘गली’ क्रिकेटको रुपमा पनि लिन सकिन्छ । तर यसको अर्थ यहाँ बेग्लै छ । उनीहरुलाई यो क्रिकेट विश्वस्तरमा अर्कै फर्म्याटमा खेलिन्छ भनेर थाहा छैन ।
आदिवासीहरु हिंस्रक र आक्रामक छैनन् । क्रिकेटको विश्वकप इंग्ल्याण्डमा भैरहेका बेला त्यहाँको टूर अपरेटर्सले क्रिकेटको माहोल बढाउन भन्दै पहिलो पटक यो आइल्याण्डको भ्रमण गरेका छन् । क्रिकेटका समर्थकहरु कहाँ-कहाँ छन् र कसरी क्रिकेट खेल्छन् भन्ने बारेमा थाहा पाउने उद्देश्यका साथ उनीहरुले भ्रमण गरेका थिए ।
त्यहाँका आदिवासीहरु हिंस्रक नभएकाले पनि पहिलो पटक विदेशीहरु पुग्दा कुनै पनि अप्रिय घटना भएन । आदिवासीहरुले उनीहरुसँग आफ्नो रीतिरिवाज र रहनसहनबारे खुलेर कुरा गरे । इंग्ल्याण्डबाट पुगेका भ्रमण टोलीले आदिवासीहरुमा क्रिकेट प्रेम देखेपछि बल सहयोग गरेर फर्किएका थिए । तर आदिवासीहरुले अहिले विश्वस्तरमा चलेको ब्याट भने लिन मान्दैनन् । कारण हो, यो ब्याटले खेल्दा रमाइलो हुँदैन ।
क्रिकेटमा विवाद भए लडेर अन्तिम निर्णय
क्रिकेटलाई अनुशासित खेल मानिन्छ, जसमा अम्पाएरको निर्णय अन्तिम हुन्छ । तर यो आइल्याण्डमा क्रिकेटको नियम पनि आफ्नै छ ।
उनीहरुले बाँसबाट स्टम्प बनाउँछन् । बलको जुगाड पनि उनीहरुले आसपासका गाउँबाट गर्ने गरेका छन् । क्रिकेट खेल्दा ब्याट भने बेसबलको जस्तो हुन्छ । उनीहरुको ब्याटिङ स्टाइल पनि बेस बलको जस्तै छ । बल जतिसक्यो त्यति तीव्र गतिमा फाल्ने गर्छन् । एक पटकमा एक जना ब्याट्सम्यानले मात्रै ब्याटिङ गर्छन् ।
जम्मा ११ जना खेलाडी मात्रै खेल्ने भएकाले यो खेल बोरिङ पनि हुन सक्छ भनेर नै ११ जनाको साटो ३० जना फिल्डर हुन्छन् । समुद्रको किनारमा हुने याे खेलको नियम भनेको नरिवलको ठूलो रुखलाई पार गराउनु पर्छ । यस्तो गरेमा ६ रन आउँछ । खेल्दा सबैले एकै खालको लुगा लगाउनु पर्ने नियम पनि छ ।
खेल्दा खेल्दै विवाद भयो भने विवाद समाधान गर्ने अर्को गज्बजको कुरा भनेको आपसमा लडाइँ गर्नु हो । जसले लडाइँ जित्यो, उसैले म्याच पनि जित्छ । यो आइल्याण्डमा सन् १८९० मा केही अंग्रेजहरु पुगेर आदिवासीलाई क्रिकेट सिकाएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।