काठमाण्डौमा आज यो वर्षकै सबैभन्दा कम तापक्रम मापन
मंसिर १८, २०८१ मंगलबार
डोटी - स्थानीय सेती नदीमा बगेर शुक्रबार एक बालकको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्ण बोहराका अनुसार शुक्रबार दिउँसो सेती नदीमा नुहाउन गएका बेला शिखर नगरपालिका-१०, बानीडुग्रीसैन बस्ने हरिष बलायरका ७ वर्षीय छाेरा गोबिन्द बलायरको बगेर ज्यान गएकोे हो ।
स्थानीय सेवा एकेडेमी विद्यालयमा यूकेजीमा पढ्ने गाेबिन्द स्कुल छुट्टी भएपछि नदीमा नुहाउने क्रममा बगेका र ३० मिटर तल नदी छेउमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
गएकाे वैशाखदेखि अहिलेसम्म डोटीको सेती नदीमा बगेर ज्यान गुमाउनेहरुको संख्या बलायरसहित ४ जना पुगेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।