काठमाण्डाै उपत्यकाबाट हराएका २७ वटा मोटरसाइकल तथा स्कुटर फेल...
मंसिर १३, २०८१ बिहिबार
इंग्ल्याण्डविरुद्धको सानदार जितका बाबजुद पछिल्लो खेलमा दक्षिण अफ्रिकासँग पराजित भएपछि श्रीलंकाको विश्वकप अभियान सकिसकेको छ । र शनिबार लिग चरणको अन्तिम खेलमा उसले भारतविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
यो खेल लीड्सको हिडिङ्लेमा नेपाली समयअनुसार शनिबार दिउँसो सवा ३ बजेदेखि सुरु हुनेछ । श्रीलंकाले इंग्ल्याण्डमा भारतसँग पछिल्लो समय सन् २०१७ को आईसीसी च्याम्पियन्स ट्रफीमा खेलेको थियो । जहाँ उसले भारतले दिएको ३२२ रनको लक्ष्य पूरा गरी ७ विकेटको जित निकालेको थियो ।
त्यस्तै विश्वकप क्रिकेटमा ८ पटक आमनेसामने हुँदा श्रीलंकाले ४ पटक र भारतले ३ पटक जित हात पारेकाे छ ।
घर फर्कनुअघिको अन्तिम खेलमा श्रीलंकाले २ वर्षअघिको त्यही सफलता दोहोर्याउने प्रयास गर्नेछ । भारत यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ । श्रीलंकाको चिन्ताको विषय उसको ब्याटिङ पक्ष हो । यद्यपि न्यूजिल्याण्डसँगको पहिलो खेलको तुलनामा उसले धेरै सुधार गरेको छ । पहिलो खेलमा श्रीलंका १३५ रनमै अलआउट भएको थियो ।
श्रीलंकाको शीर्ष क्रम अझै पनि खराब देखिन्छ । त्यसको विपरीत समग्रमा सानदार प्रदर्शन गरिरहेको भारतीय बलरसँग उसले सामना गर्नुपर्नेछ । भारतले सेमिफाइनलमा इन्ल्याण्ड वा न्यूजिल्याण्डमध्ये एकको सामना गर्नुपर्नेछ । दुवै प्रतियोगितामा बलिया टिम हुन् । श्रीलंकाविरुद्ध सम्भवतः उसले फरक संयोजनको परीक्षण गर्न सक्नेछ । रवीन्द्र जडेजा र मयंक अग्रवालले जारी विश्वकपमा अहिलेसम्म अवसर पाएका छैनन् । सायद उनीहरु शनिबार टिममा पर्नेछन् ।
लीड्समा शनिबार पारिलो दिन हुनेछ । हिडिङलेको पिच ब्याट्सम्यानहरुका लागि उपयुक्त हुनेछ । तर इनिङको अन्त्यतिर बलर हाबी हुन सक्छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।